ट्रेंडिंग:

>> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना

उद्योग व्यवसायी महासंघद्वारा विभिन्न माग राख्दै जिल्ला प्रशासन र राष्ट्रबैंकमा ज्ञापनपत्र

१२ भाद्र २०८०, मंगलवार
१२ भाद्र २०८०, मंगलवार

बुटवल, १२ भदौ ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ लुम्बिनी प्रदेश कमिटी र जिल्ला कमिटी रुपन्देहीले उद्योगी व्यवसायीका समस्या समाधानको माग गर्दै मंगलबार संयुक्त रुपमा नेपाल राष्ट्रबैंक र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

महासंघले राज्यले रोजगारी सिर्जन ागर्ने तथा कर तिर्ने व्यवसायीहरुलाई संरक्षण गर्नुको साटो विभिन्न अभियोग लगाई धरपकड गर्ने, अनुसन्धानका नाममा हिरासतमा लिने जस्ता कार्य गरेर व्यावसायिक वातावरण खलबल्याउने काम गरेको भन्दै त्यस्तो कार्य रोकी व्यावसायिक सुरक्षाको माग गरेको छ ।

नेपाल राष्ट्रबैंकले आन्तरिक अर्थतन्त्रलाई चलायमान गराउने गरी नीतिहरु परिवर्तन गर्नुपर्नेमा सुक्ष्म तरिकाले नियन्त्रण गरी धरासायी बनाउन खोजेको भन्दै ज्ञापनपत्रमा चालुपुँजी कर्जा निर्देशकामा पुनर्विचार गर्न र बैंकको ब्याजदर घटाउन माग गरिएको छ ।

शेयर बजारमा लगाउँदै आएको १२ करोडको कर्जा सीमाको नीति खारेज र यस्तो कर्जाको जोखिम भार १०० नै कायम गरी अर्थतन्त्र चलायमान बनाउन पनि उद्योग व्यवसायी महासंघले माग गरेको छ ।

वर्तमान अवस्थामा सहकारी क्षेत्रलाई उद्दार गर्न आवश्यक संरक्षणको कार्ययोजनासहित ठोस कार्य गरी अर्थतन्त्र चलायमान बनाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

वित्तीय चेतना र सेवा बिस्तारमा लघुवित्तले पुर्याएको योगदानको कदर गर्दै सरकार र राष्ट्रबैंकले लघुवित्तीय संस्थाहरुलाई अझै व्यवस्थित रुपमा सञ्चालन गर्न दीर्घकालीन नीति ल्याउनुपर्ने माग गरिएको छ । निर्माण व्यवसायीको मागको संबोधन गर्न पनि ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।

सम्बनिधत पक्षसँग बिना परामर्श हवाई टककटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने नीति ल्याएको भन्दै अदालतले दिएको आदेशलाई समेत मध्यनजर गर्दै नयाँ व्यवस्था गर्न महासंघले आग्रह गरेको छ ।

सोही अवसरमा बोल्दै प्रदेश कमिटी अध्यक्ष माधव नेपालले व्यवसायीका उचित माग सम्बोधन नभएको खण्डमा चरणबद्ध आन्दोलनमा जान व्यवसायीहरु बाध्य हुने बताए । जिल्ला कमिटी अध्यक्ष माधव रेग्मीले व्यवसायीका माग संबोधन गर्नुको विकल्प नरहेको बताए ।

ज्ञापनपत्र बुझाउन महासंघ लुमिबनी प्रदेश कमिटी उपाध्यक्ष भाष्कर काफ्ले, सचिव केशवराज पन्थी, रुपन्देही जिल्ला उपाध्यक्ष शारदा भट्टराई रेग्मी, सचिव पुरुषोत्तम अर्याल, केन्द्रीय सदस्य सागर अधिकारी, बुटवल उपमहानगर कमिटी अध्यक्ष माधव खनाल, मोहनलाल पाण्डे, इशु देवकोटा, केशव ज्ञवाली, मदनप्रसाद पौडेललगायतका व्यवसायी समेत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?