© २०२३
काठमाडौं, १२ भदौ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बुधबारदेखि सुरु हुने एसिया कपमा नेपालबाट १७ वर्षीय किशोर गुल्सन झा जम्न सक्ने आँकलन गरेको छ ।
आईसीसीले पाकिस्तानका बाबर आजम, भारतका जसप्रित बुमराह, बंगलादेशका तास्किन अहमद, अफगानिस्तानका रसिद खान र श्रीलंकाका माहिस थिकसानालाई एसिया कपमा जम्न सक्ने खेलाडीको सूचीमा समावेश गरेको छ ।