ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
बढ्दो दुर्घटना ग्राफ :

चार वर्षमा ८६ को मृत्यु ७ सय ६ घाइते

११ भाद्र २०८०, सोमबार
११ भाद्र २०८०, सोमबार

सल्यान, ११ भदौ । सल्यानमा सवारी दुर्घटनामा ८६ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि चालु आर्थिक वर्ष २०८०/०८१ को हाल सम्म ८६ जनाको मृत्यु भएको तथ्यांक छ । दुर्घटना न्यूनीकरणका लागि जिम्मेवार निकायले प्रभावकारी चासो नदिँदा र सम्बन्धीत यात्रुले पनि जोखिम मोलेरै यात्रा गर्दा यति धेरै नागरिकको दुर्घटनामा परी अकालमै मृत्यु भएको हो ।

ट्राफिक कार्यालय सल्यानका अनुसार यस अवधिमा ६१ जना पुरुष, २२ जना महिला र ३ जना बालबालिकाले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन् । तथ्यांक र विवरणहरू उपलब्ध गराउँदै कार्यालयका सहायक हवल्दार सन्तोष सिंहले चार वर्षयता ४२८ वटा सवारी दुर्घटनामा ७०६ जना घाइते भएको जनाए । उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६८ वटा दुर्घटना भएका छन् ।

जसमा १० जना पुरुष र ५ जना महिला गरेर १५ जनाले ज्यान गुमाएका छन् भने ७ जना सख्त र ११२ सामान्य गरी ११९ जना घाइते भएका छन् । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा १० जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । प्रहरीको रेकर्ड अनुसार यो आर्थिक वर्षमा १४३ वटा सवारी दुर्घटना भएका थिए । र ८ जना सख्त तथा १९८ जना सामान्य गरी २०६ जना घाइते भएका थिए ।
आर्थिक वर्ष ०७८/०७९ मा सल्यानमा १३३ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा ३६ जनाको ज्यान गएको थियो । ज्यान जानेमा २३ जना पुरुष, ११ जना महिला र २ जना बालवालिका छन् । सख्त ६६ र सामान्य १८९ गरी यो आर्थिक वर्षमा २५५ जना घाइते भएको तथ्यांक छ । गत आर्थिक वर्ष ०७९।०८० मा ८४ वटा दुर्घटना हुँदा १६ जना पुरुष, ४ जना महिला र १ जना वालवालिकाको मृत्यु भएको देखिन्छ । जसमा ४३ जना सख्त र ६७ जना सामान्य गरी ११० जना घाइते भएका थिए । प्रहरीका अनुसार चालु आर्थिक वर्षको श्रावण र भाद्र महिनाको हाल सम्म ३ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

राजस्व बढ्योः

ट्राफिक प्रहरीले सल्यानमा नियम विपरित चल्ने सवारी साधनलाई कारवाही गर्दा गत आर्थिक वर्ष २०७९।०८० मा ५२ लाख १४ हजार ५०० रूपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक नियम पालना नगर्ने ६ हजार ७६१ सवारीसाधनलाई कारवाही गर्दा उक्त रकम संकलन भएको हो । चालु आर्थिक वर्ष २०८०।०८१ को श्रावण महिनामा मात्रै २३४ सवारी कारवाहीमा परेका छन् । कारवाहीबाट एक महिनाको अवधिमा एक लाख ७७ हजार रूपैयाँ राजस्व दाखिला गरिएको सहायक हवल्दार सिंहको भनाई छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष ०७८।०७९ मा ट्राफिक प्रहरीले सल्यानमा ६ हजार १६० वटा सवारी साधनलाई कारवाही गरेको थियो । जसबाट ५४ लाख ८३ हजार ५०० रूपैयाँ र त्यसको अघिल्लो आर्थिक वर्ष ०७७।०७८ मा ४ हजार ६१६ सवारीलाई कारवाही गरेर ४६ लाख ३४ हजार ५०० रूपैयाँ राजस्व संकलन गरिएको थियो ।

सवारी दुर्घटनाका कारण के हुन् ?

ग्रामिण क्षेत्रमा निर्माण भएका सडकमा तत्कालै गाडी चलाउन थाल्नु, ट्राफिक नियमको परिपालना नगरी लापरवाही गरेर सवारी चलाउने प्रवृत्ति, तीव्र गतिमा सवारी चलाउने आकांक्षा तथा मानसिक तनाव एवम् थकानको अवस्थामा पनि सवारी सञ्चालन गर्नुपर्ने बाध्यता लगाएतका चालकका कारण सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै यात्रु तथा सर्वसाधारणका कारण पनि सवारी दुर्घटना हुने गरेको देखिन्छ । सडकको प्रयोग एवं उपयोगिताको सम्बन्धमा पर्याप्त ज्ञान नहुनु, सडक तथा सडक किनारमा पशुपन्छी तथा चौपाया छाडा छाड्ने प्रवृत्ति, सडक अतिक्रमण गरी फुटपाथमा व्यापार गर्ने, सडक किनारामा निर्माण सामग्री तथा फोहोरमैला थुपार्ने प्रवृत्ति, सवारीसाधनमा जथाभावी चढ्ने र ओर्लने प्रवृत्ति, जसरी पनि छिटो र समयमै गन्तव्यमा पुग्ने अभिलाषा जस्ता कारणले पनि दुर्घटनाको जोखिम बढी देखिएको जानकारहरू बताउँछन् ।

यस अलावा सवारी साधनको अवस्था तथा यान्त्रिक कारण पनि सवारी दुर्घटना हुनेगरेको छ । सवारी साधनको नियमित मर्मत सम्भार तथा परीक्षण नगर्ने, निश्चित समयसीमापछि सवारी साधन विस्थपित नगर्ने, सामान्य बिग्रेको सवारीसाधनको मर्मत नगरी जबर्जस्ती चलाउने गर्नाले पनि दुर्घटना हुने गरेको छ ।

यसका साथै सडकको निर्माण तथा मर्मत सुधारका क्रममा विशेषतः ‘सडक निर्माण मापदण्ड’ को पूर्ण परिपालना नगर्दा, प्राविधिक रूपमा अध्ययन नगरी सडक निर्माणमा तीव्रता दिँदा, सडकको नियमित मर्मत सुधार समयमै हुन नसक्दा, सडकको अवस्था झल्काउने पर्याप्त ट्राफिक संकेत तथा चिह्नहरूको प्रयोग नगर्दा, स्थानीय तहहरूले डोजर निर्मित सडक निर्माणलाई प्राथमिकता दिँदा तथा भइरहेको सडकको गुणस्तर सुधारभन्दा नयाँ सडक निर्माणमा विशेष जोड दिने प्रवृत्तिका कारण पनि सवारी दुर्घटना बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । ट्राफिकको एकल प्रयासले मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न असम्भव भएकाले सबैको साथ र सहयोग आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?