ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

अरबौ लगानीको नारायणी नदी तटबन्धको काम अलपत्र

११ भाद्र २०८०, सोमबार
११ भाद्र २०८०, सोमबार

नवलपुर, ११ भदौ ।

हरेक वर्षायाम शुुरु भएपछि नारायणी नदी किनारमा बस्ने बासिन्दाको अवस्था सदैव चिन्ताजनक रहेको देखिन्छ । वर्षा लाग्यो अनि सही समयमा पानी पर्याे भने किसानको मुहारमा खुसी देख्न पाईन्छ । तर उनीहरुलाइ नारायणी नदीको उचित तटबन्ध हुन नसक्दा आजभोली यहाँका तटीय बासिन्दा निदाउने भन्दा धेरै जाग्राम बस्न बाध्य भएका छन् ।

नारायणी तटबन्धका लागि सरकारले पूर्वी नवलपरासी र चितवन जिल्लामा अरबौ रकम लगानी गरेर तटबन्धनको काम धमाधम शुुरु गरेको पनि वर्षौ भैसक्यो तर पनि रकम समयमै निकाशा नहुँदा र ठेकेदारले नपाउँदा अहिले नारायणी तटबन्ध अलपत्र अवस्थामा परेको छ ।

नारायणी नदीका कारण गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकाका स्थानीय हरेक वर्षायाममा प्रभावित हुने गर्दछन् । गैंडाकोट नगरपालिकाको वडा नं. १ देखि ९ सम्म तटबन्ध सुुरु गरिए पनि रकम अभावले अगाडि बढ्न नसकेको गैडाकोट नगरपालिकाका नगरप्रमुख मलनभक्त अधिकारीले बताए ।

गैंडाकोटमा तटबन्धनसँगै सडक निर्माण समेत सुुरु गरिएको नारायणी नदी ब्यवस्थापन आयोजनाका लागि चार अर्ब ७२ करोड मध्ये नवलपरासी खण्डमा मात्र एक अर्ब नौ करोड निकासाको सुुनिश्चतता भएको तर हाल सम्म ६० करोड माथि खर्च भईसकेको छ भने सरकारले रु २० करोड मात्र ठेकेदारलाई निकासा दिएको र बाँकी ४० करोड बढी भुक्तानी दिन नसक्दा कामै प्रभावित भएको नारायणी नदी ब्यवस्थापन आयोजनाका प्रमुख निर्देशक गणेश मरासिनीले जानकारी दिए ।

नवलपरासी पूर्वमा तीन खण्डमा तटबन्धको काम भैरहेको छ भने अहिले गैंडाकोट नगरपालिकाका धेरै वडाहरु प्रभावित हुने भएकाले यो आयोजना ढिलासुुस्ती हुँदा आयोजना प्रति नै निराशा छाएको गैडाकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा बताउँछन् ।

नारायणी तटीय क्षेत्रका लाखौ बासिन्दाको जीउ धनको रक्षाका लागि नारायणी तटबन्ध नवलपरासी पुर्व र चितवनका झण्डै चार लाख जनताको लागि प्रभावकारी बन्न सक्यो भने मात्रै यहाँको नदीको दीर्घकालिन जोखिम हटेर जान सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?