Butwal Today

शेखर–गगन पक्षका परियारले अस्वीकार गरे संसदीय सुनुवाइ समितिको सभापति

११ भाद्र २०८०, सोमबार
अ+
अ-

काठमाडौं,११ भदौ । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहका पार्टी सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति लिन अस्वीकार गरेका छन् ।

कोइराला–थापा समूहले पार्टीले पाएको चारमध्ये दुई समितिको सभापति माग गरेकामा सभापति शेरबहादुर देउवाले एकलौटी गर्दै एउटा समितिमा मात्र दिएका थिए । देउवाले प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, सुशासन समितिको सभापति रामहरि खतिवडा र कृषि समितिको सभापतिमा आफ्नै श्रीमती आरजु राणा गरी तीन वटा समितिमा आफ्नो पक्षका सांसदलाई जिम्मेवारी दिइसकेका छन् ।

संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा कोइराला–थापा पक्षका परियारको नाम सार्वजनिक गरिएको थियो । तर परियारले आफू सभापति नबन्ने बताएका छन् । आफ्नो पक्षलाई अवमूल्यन गरेकाले उक्त सभापति पद अस्वीकार गरेको स्रोतको दावी छ । पछिल्लो समय कोइराला–थापा पक्षले संस्थापन पक्षको अन्याय नसहने गरी रणनीति बनाएर आक्रामक ढंगले अघि बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?