Butwal Today

एसिया कप खेल्न पाकिस्तान गए सन्दीप

११ भाद्र २०८०, सोमबार
अ+
अ-

काठमाडौँ, ११ भदौ  ।

एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन्।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आज बिहान पाकिस्तान उडेका हुन्।

उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए।

बलात्कार मुद्दा खेपिरहेका लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएका थिएनन्। तर हिजो पेसीमा चढे पनि मुद्दाको सुनुवाइ सुरु नभएपछि उनी आज पाकिस्तान प्रस्थान गरेका हुन्।

नेपालले पर्सि १३ गते पाकिस्तानसँग र  १८ गते भारतसँग खेल्नेछ।