ट्रेंडिंग:

>> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

वाइडबडी र गिरिबन्धु टि स्टेटको छानबिन गरे उनीहरु नै जेल जान्छन् : ओली

११ भाद्र २०८०, सोमबार
११ भाद्र २०८०, सोमबार

काठमाडौं,११ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी र गिरिबन्धु टि स्टेटको छानबिन गरे सत्ता गठबन्धनका नेताहरु नै जेल जाने बताएका छन् । ललिता निवासको छानबिनले सत्ता गठबन्धनकै नेताहरुको भागाभाग भएको भन्दै वाइडबडी, गिरिबन्धु टि स्टेटलगायतको छानबिन गरे उनीहरु नै जेल जाने भएकाले एमालेको बदनाम गर्नमात्र यस्ता कुरा उचालिरहेको दाबी गरेका छन् ।

काठमाडौंका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूले यति होल्डिङको बारे छानबिन गर भनेको वर्षौं भइसक्दा पनि उनीहरुले नसकेको बताए । वाइडबडीमा पनि आफैं जेल जाने भएकाले छानबिन नगरेको ओलीको दाबी छ ।

आफूलाई जोडिएको गिरिबन्धु टि स्टेटबारे ओलीले पटकपटक कानूनबिना चिया बगानको जग्गा बेच्न दिएर कमिसन खाएकाले आफ्नो पालामा कानून बनाएको तर कुनै जमिन बेचबिखन नभएको बताए ।

बिना कानून २०५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो त्यसको छानबिन गर । २०५८÷६० मा बिनाकानून ५१ बिघा जमिन बेच्न दिएको थियो छानबिन गर र आफैं जेल जाऊ । हामीले कानून बनाइदिएका हौं, कानूनको आधारमा जग्गा सट्टापट्टा गरेरमात्र बेच्न पाउने भनेको हो । गैरकानूनी ढंगले कमिसन खाएर जग्गा बेच्न दिएको होइन, कानून बनाइदिएको हो–ओलीले भने ।

अहिले केही नपाएर ओम्नीको कुरा गरिएको भन्दै ओलीले ओम्नीको छानविन गर्न समेत चुनौती दिए । भ्रष्टहरुका आरोप एमालेले अब नसहने उनले बताए ।

सरकारको संरक्षणमा एयरपोर्टबाट भइरहेको सुन तस्करीलाई निर्वाध चल्न दिन संसदमा पशुपतिको जलहरीको विषय उठाएको पुष्टी भएको भन्दै ओलीले तस्करको नाइके नै सरकारको नेतृत्वमा रहेको बताए । संसदमा माओवादी सांसद राजन दाहालले जलहरीमा सुनको साटो पित्तल राखिएको आरोप लगाएपछि यसको अख्तियारले समेत छानबिन गर्दा सुनको सबै मात्रा भेटिएको थियो ।

अध्यक्ष ओलीले माओवादी सांसद राजन दाहालतर्फ संकेत गर्दै यी भष्टहरु कतिसम्मका छन् भने एयरपोर्टबाट सुन तस्करी गरिरहेका रहेछन् । त्यता ध्यान नआजोस भनेर एउटा धतंगाले संसदको रोष्ट्रममा उभिएर केपी ओलीले सुन भनर पित्तल हाल्यो भनेर करायो । अहिले पनि उद्देश्यमुलक ढंगले त्यहि धतंगा हरेक बेलुका हुँ हुँ कराएको करायै छ । अरु त्यसपछि स्यालहुइया गर्छन् भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?