ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

डुबान र पहिरो प्रभावितलाई राहत

११ भाद्र २०८०, सोमबार
११ भाद्र २०८०, सोमबार

विगत एक सातादेखि परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र डुबानले जनजीवन प्रभावित भएको छ । बाग्लुङमा चार घर परिवार पहिरोका कारण विस्थापित भएका छन । उता बाँकेमा डुबानका कारण कैयौं गाउँ प्रभावित बनेका छन । त्यो भन्दा अघि १५ दिन अघिको भीषण बर्षाका कारण सुदूरपश्चिम क्षेत्रका जनता अहिलेपनि पहिरो र डुबानको समस्याले पिरोलिएका छन । पहिरोका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । नेपालमा यो बर्ष प्राकृतिक प्रकोपका कारण अहिलेसम्म एक दर्जन बढीको मृत्यु भएको छ । अन्य दर्जनौं घाईते भएका छन, कैंयौ बेपत्ता छन । अछाममा मात्रै होइन, पूर्वमा कोशी ब्यारेजको पीडा भनिसाध्य छैन । अहिले भैरहेको बर्षाजन्य प्रकोप अति ह्दयविदारक, कष्टप्रद र त्रासदीपूर्ण दुःखद घटना हो । सुदूरपश्चिमको पीडा केवल त्यहाँको मात्र पीडा होइन, यो घटनाले सम्पूर्ण नेपालीको ध्यान केन्द्रित गरेको छ । अछामसंगै कैलाली र कञ्चनपुरमा पनि दर्जनौं परिवार डुबानका कारण विस्थापित भएका छन् । सुदूर पश्चिममा भएको त्रासदीपूर्ण पहिरो, डुवान र बाढीका कारण भएको मानवीय र भौतिक क्षतिको सम्बोधन गर्नेतर्फ नेपाल सरकारले कुनैपनि अवस्थामा ढिलाई गर्नु हुँदैन । भीषण वर्षाले मानवीय क्षतिसंगै जनजीवनलाई आतंकित तुल्याएको छ । अवका दिनमा बाढी र पहिरोले निम्त्याउने संभावित क्षतिको आँकलन गरेर बस्ती सुरक्षित गर्ने विषयमा पनि ध्यान दिनु जरुरी छ ।

नेपाल सरकारले यो बर्षको प्राकृतिक प्रकोपमा परेका नेपालीको राहत र उद्धारसंगै उनीहरूको बसोबासको व्यवस्थापनमा पनि ध्यान दिनु जरूरी छ । घाईते भएकाहरूको उद्धार र उपचारमा कुनैपनि अवस्थामा लापरवाही नहोस् । घरबार गुमाएका परिवारका लागि सरकारले तत्काल बैकल्पिक व्यवस्थामा ध्यान दिनुपर्दछ । बाग्लुङमा पहिरोका कारण भएको बिस्थापित परिवार नजिकैको जंगलमा बस्न बाध्य भएका छन । सामाजिक संघ संस्थाहरूको पनि यस बिषयमा गंभीररूपमा ध्यान जाओस् । यतिबेला सुदूर पश्चिममा भएको पीडाको दुर्दान्त कथा सिंहदरबारका पदाधिकारीको दृष्टिमा विरलै पुग्छ । नीतिनिर्माता यति बेखबर भएपछि सर्वसाधारणले यस्तो अवस्थामा दुःख पाउनु स्वाभाविक हो । अर्कोतर्फ पानी पर्नासाथ जलमग्न हुने पछिल्लो मानवीय विकासको दुष्परिणामले निम्त्याउने यस प्रकारका ह्दयविदारक घटनाप्रति अव मानव समुदाय आफैपनि सतर्क र सचेत हुनु जरुरी छ । १२ बर्षमा खोला पनि फर्कन्छ भन्ने उखान अहिले नेपालका विभिन्न नदी तटीय क्षेत्रमा चरितार्थ भैरहेको छ । खोलालाई आफ्नो स्वरूप र आकारमा बग्न नदिने हो भने कालान्तरमा त्यसले ठूलो क्षति निम्त्याउने कुरा देशका धेरै नदीहरू उदाहरण बनेका छन ।

अझैपनि नेपालका नदीनालाले पुर्याउने क्षतिको बिषयमा गंभीर अध्ययन र अनुसन्धान हुन सकेको छैन । न सरकार न स्थानीय तह कुनैपनि निकायले संरक्षणको साटो बरु दोहन बढाईरहेका छन । नदी, खोला र खहरेको बाटो अवरुद्ध गरिएको छ । यहाँ अलिकति पानी पर्नासाथ सडक नै नदीमा परिणत भैरहेका छन । पानी पर्नासाथ अधिकांश नदी नालाको प्राकृतिक बहाव रोकिने गरेको छ । त्यसले गर्दा जुन प्रवाहमा पानी बग्नुपथ्र्यो, त्यो हुन सकेको छैन । नदी, खोला र खहरेको संभावित खतराको पूर्वानुमान गर्न नसक्नु बिडम्वना हो । तसर्थ बाढी पहिरोको पीडा र प्रकोप आगामी दिनमा नदोहोरियोस् । यसतर्फ संघ, प्रदेश र पालिकाको ध्यान जानु जरूरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?