Butwal Today

ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउतविरुद्ध पनि मुद्दा दायर

१० भाद्र २०८०, आइतबार
अ+
अ-

काठमाडौँ, १० भदौ ।

ललिता निवास जग्गा प्रकरणमा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा दायर भएको छ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राउतविरुद्द मुद्दा नचलाउने तयारी गरेको थियो। तर, सरकारी वकिल कार्यालयले सरकारी किर्तेको कसुरमा उनीविरुद्ध मुद्दा लगाएको हो।

‘सरकारी किर्तेको कसुरमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतमाथि मुद्दा दायर भएको छ’, जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्यूतमणि नेउपानेले  भने।

राउतलाई गत असार २४ गते काठमाडौंबाट विराटनगर जाने क्रममा पक्राउ गरिएको थियो। तर अदालतले साउन १५ गते उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरे पनि सरकारी वकिलको कार्यालयले ४ जना थपेर २९० जनालाई प्रतिवादी बनाएको हो।