Butwal Today

‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ राष्ट्रिय सभामा पेस

१० भाद्र २०८०, आइतबार
अ+
अ-

काठमाण्डौ, १० भदौ । राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस गरिएको छ । राष्ट्रिय सभाको आईतवार बसेको बैठकमा विधायक व्यवस्थापन समितिकी सभापति जयन्तिदेवी राईले सो विधेयक पेस गरेकी हुन ।

त्यसैगरी उनले ‘विधायक व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्यांकन अध्ययन प्रतिवेदन, २०८०’ पनि सभामा पेस गरिन । सभापति राईले सभाबाट सो विधेयकमाथि गम्भिर छलफल गरी आवश्यक परिमार्जन गर्ने विश्वास समेत व्यक्त गरिन ।

राष्ट्रिय सभाको अर्को बैठक भदौं १८ गते सोमवार अपरान्ह १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

 

भिडियो सामग्री