ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

३.९६ जीपीए ल्याउने समीपसहित १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई न्यू होराइजनद्वारा सम्मान

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार

बुटवल,९ भदौ । न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल बुटवलले कक्षा १२ उत्तिर्ण विद्यार्थीहरु,फ्याकल्टी संयोजक र सहसंयोजक तथा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कक्षा १२ को हालै सार्वजनिक नतिजामा ३.९६ जीपीए सहित सर्वोत्कृष्ट भएका समीप पौडेल सहित कक्षा १२ उत्तिर्ण सबै विद्यार्थी, फ्याकल्टी संयोजक र सहसंयोजक तथा विषय शिक्षकलाई सम्मान गरिएको हो । कक्षा १२ को यसपटकको नतिजामा ३.९६ जीपीए नै नेपालमै सर्वोत्कृष्ट भएको विद्यालयको दावी छ ।

सो अवसरमा राष्ट्रिय परीक्षा बोर्ड प्रादेशिक कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले न्यू होराइजनले विगतदेखि नै उत्कृष्ट नतिजामा निरन्तरता दिएर गौरवमय इतिहास बनाएको बताए । उत्कृष्ट नतिजामा हरेक वर्ष निरन्तरता दिनसक्ने शैक्षिक संस्थाहरु देशमा निकै कम संख्यामा हुने र त्यसमध्ये होराइनन अग्रणी रहेको तिवारीले उल्लेख गर्दै उत्कृष्ट नतिजा आउनुमा विद्यार्थी र शिक्षकको मेहनत र अनुशासन, अभिभावकको सहयोग र निगरानी तथा विद्यालयको उत्कृष्ट शैक्षिक वातावरणको भूमिका हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका रामेश्वर श्रेष्ठले न्यु होराइजनले नर्सरीदेखि मास्टर्स डिग्रीसम्मको गुणस्तरीय शिक्षा रुपन्देहीमै दिने उद्देश्यले विद्यालयदेखि कलेजसम्म सञ्चालन गरेकाले कक्षा १२ पछि उच्च शिक्षा अध्ययनका लागि पनि न्यु होराइजन अन्तर्गतका क्षितिज इन्टरनेशनल र बुटवल मोडेल कलेजमा विभिन्न विषयहरु पढाई हुने र शुल्कमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराए । विद्यार्थीहरुले नेपालमै भविष्य देख्नुपर्ने श्रेष्ठले आग्रह गरे ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विगतको एसएलसीदेखि हालको एसईई र कक्षा १२ (हालको एसएलसी) सबै तहमा न्यु होराइजनले राष्ट्रमै उत्कृष्ट नतिजा ल्याउने गरेको स्मरण गरे । उनले परीक्षामा राम्रो नतिजा ल्याउन विद्यार्थीहरुले सिर्जनशील भाषा र राम्रो ह्याण्ड राइटिङ हुनुपर्नेमा जोड दिए ।
विद्यार्थी समीप पौडेलले विद्यालयको उत्कृष्ट शैक्षिक वातावरण र दक्ष शिक्षकहरुको कारण आफूले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले तीन घण्टाको परीक्षामा जीपीए कम आउंदैमा निराश हुन नहुने सुझाव दिंदै मेहनत गर्ने विद्यार्थीले कम जीपीए ल्याए पनि जीवनमा सफलता हात पार्ने स्पष्ट पारे ।
कार्यक्रममा व्यवस्थापन संकाय संयोजक प्रकाश खनाल र सहसंयोजक रमेश रेग्मी,विज्ञान संकाय संयोजक प्रकाश पन्त र सहसंयोजक मनोज सिलवाल तथा फिजिक्स, अकाउन्ट र फाइनान्स विषयका शिक्षकहरुलाई सम्मान गरिएको विद्यालयका उपप्राचार्य बासुदेव अर्यालले जानकारी दिए । न्यु होराइजनबाट कक्षा १२ मा विज्ञान र व्यवस्थापन संकायबाट करिब ४ सयजनाले परीक्षा दिएका उपप्राचार्य राजीव श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?