ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

विद्यार्थीलाई पढाईसँगै सीप

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार

बुटवल, ९ भदौ ।

सधै पढाइलेखाईमा व्यस्त रहने विद्यार्थीहरु शुक्रवार भने राप्ती गाउँपालिकाका विभिन्न विद्यालयहरुमा फरक दृश्यमा देखिए । यस्तै फरक दृश्य देखियो राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको माध्यमिक विद्यालयमा । झट्ट हेर्दा जो कोहीलाई लाग्थ्यो त्यहाँ केही व्यवसाय सञ्चालन भइरहेको छ । कतिपय विद्यार्थीहरुले कपाल काट्ने काम गरी रहेका थिए भने कतिपय विद्यार्थीहरुले विभिन्न प्रकारका चिया, कफी पकाइरहेका थिए । अल्लि पर गइसकेपछि केही विद्यार्थीहरु ब्युटिसियनको काम सिकिरहेका थिए भने केहीले कम्पोष्ट मल बनाउने तरिका र केहीले नृत्य सिकिरहेका थिए ।

त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना माविका विद्यार्थीहरु पनि शुक्रवार फरक दृश्यमा देखिए । कक्षा १–५ सम्मका विद्यार्थीहरुले माटोबाट निर्मित सामग्रीहरु बनाइरहेका थिए । कक्षा ६–८ सम्मका विद्यार्थीहरु दुना टपरी बनाइरहेका थिए । त्यस्तै कक्षा ९–१० सम्मका विद्यार्थीहरु नर्सरी व्यवस्थापन र बेर्ना उत्पादन गरिरहेका थिए भने कक्षा ११–१२ सम्मका विद्यार्थीहरु सीपमुलक शिक्षा आजको आवश्यकता बिषयमा निबन्ध लेखिरहेका थिए । यी सबै क्रियाकलापहरु कुनै काल्पनिक नभई वास्तविक रहेका थिए । राप्ती गाउँपालिकाले पालिका भित्र रहेका सम्पूर्ण विद्यालयमा शुक्रबार किताबबिनै व्यवहारिक शिक्षा प्रदान गर्ने नीति लागू गरेसँगै विद्यालयहरुले विद्यार्थीहरुलाई त्यस प्रकारको व्यावहारिक शिक्षा प्रदान गर्न थालेका हुन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरुलाई किताबी ज्ञान सँगसँगै व्यावहारिक, जीवन उपयोगी र संस्कार युक्त शिक्षा प्रदान गर्ने गरेको बताए । विद्यालय अनुगमनमा गएका अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । “पछिल्लो समयमा विद्यार्थीहरु उच्च शिक्षा हासिल गरेको प्रमाणपत्र हातमा भएर पनि बेरोजगार हुनु परेको छ”– अध्यक्ष विष्टले भने –“यसको मुख्य कारण नै व्यावहारिक र जीवन उपयोगी शिक्षाको कमी हो ।” कम्तीमा हप्ताको एक दिन भए पनि विद्यार्थीहरुलाई व्यावहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले पालिकाले बुक फ्रि डे को नीति लागू गरेको अध्यक्ष विष्टको भनाई रहेको छ ।

माध्यमिक विद्यालय मौरीघाटकी प्रधानाध्यापक सीता रिजालले विद्यालयले प्रत्येक शुक्रबार यसैगरी विद्यार्थीहरुलाई विभिन्न सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउँदै आइरहेको बताइन् । पालिकाले शुक्रबार किताबबिनै व्यावहारिक शिक्षा प्रदान गर्ने नीति लागू गरेसँगै पालिकाका अन्य विद्यालयहरुमा समेत यस्ता क्रियाकलापहरु सञ्चालन गर्ने गरेका छन् । यस्तै आदर्श नमुना मावि लालमटियाका प्रधानाध्यापक किरण पोख्रेलले हरेक हप्ताको शुक्रवार बुक फ्रि–डे कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई उनीहरुको कितावी ज्ञानसँगै सिपमुलक, संस्कारयुक्त र जीवनउपयोगी कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । यस प्रकारको कार्यक्रमले विद्यार्थीहरु समेत उत्साहित भएको प्रधानाध्यापक पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?