ट्रेंडिंग:

>> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

ठूला अस्पतालमा स्वास्थ्य बिमा बन्द हुँदा सेवाग्राही मारमा

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार
पाल्पा, ९ भदौ ।
नेपाल सरकारले जिल्लाको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजलाई स्वास्थ्य बिमा कार्यक्रमबाट हटाएकोमा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपछि यस जिल्लाको कुल जनसंख्यको ८० प्रतिशत स्वस्थ्य बिमा कार्यक्रममा जोडिएका थिए । सरकारी स्वास्थ्य संस्थामा प्रयाप्त मात्रामा औषधी नहुनु, विशेषज्ञ सेवा नहुनु जस्ता कारणले गर्दा बिमितहरुले मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजलाई उपचार केन्द्र बनाएका थिए ।
सानो रकमबाट परिवारकै औषधी उपचार गर्न सहज भएको थियो । तर सरकारले मिसन अस्पतालबाट सेवा प्रवाह बन्द भएपछि विमितहरुलाई थप समस्या परेको तानसेन बजारकी मिना कार्की बताउँछिन् ।
केहीदिन अगाडि बिमा बोडले रकम भुक्तानी नगरेको भन्दै बिमा कार्यक्रम कार्यन्वयन गर्न नसकिने भन्दै मिसन अस्पतालले सेवा बन्द गर्ने चेतावनी दिएको थियो । सरकारले रकम भुक्तानी गर्ला भन्ने ठुलो आशा थियो तर रकम भुक्तानी गर्नुको सट्टामा बिमा बोडले सुचना नै प्रकाशित गरी बिमा कम्पनीबाट हटाएको भन्ने खबरले बिमितहरुलाई चिन्तित तुल्याएको सरोकारवालाहरुको भनाई छ ।
लुम्बिनी मेडिकल कलेजमा भने गतवर्ष देखि नै स्वास्थ्य बिमा कार्यक्रम रोकिएको थियो । मिसन अस्पतालले गत साउनको अन्तिम साताबाट बिमा कार्यक्रम लागु नगर्ने गरी बन्द गरेको थियो ।
मिसन अस्पतालले भने लामो समयदेखि बिमा बोडबाट रकम भुक्तानी हुन नसक्दा अस्पतालमा कार्यरत कर्मचारीको तलव, औषधी खरिद, दैनिक प्रशासनिक कार्य संचालनका लागि समस्या परेको भन्दै पटक पटक रकम भुक्तानीका लागि बिमा बोड समक्ष लिखित जानकारी गराउँदा सम्म बेवास्ता गरेका कारण वाध्य भएर सेवा बन्द गर्न परेको अस्पताल प्रशासनले जनाएको छ ।
स्वस्थ्य बिमा बोडले पाल्पाली जनताप्रति अन्याय गरेको हो । बिमा बोडले बिमा कार्यक्रम लागु भएको स्वस्थ्य सस्थाहरुको अनुगमन नगर्दा पनि समस्या उत्पन्न भएको हो । स्वस्थ्य बिमा बोड औपचारिकतामा मात्र सीमित हुने भएका कारण, स्वस्थ्य संस्थाहरुले आफुखुसी गर्दा ठुलो धनराशी रोकिन पुगेको सरोकारवालाहरुको भनाई रहेको छ । स्वास्थ्य बिमा बोडका अनुसार सिसन अस्पतालले आवश्यक कागजी प्रकृयाहरु पुरा नगरेका कारणले रोक्न पुगेको हो । यस अगाडि कागज सच्याएपछि मात्र रकम भुक्तानी गरेको हो । बिमा बोडले उल्लेख नगरेका औषधी प्रयोग गरेका कारण मिसन अस्पतालालाई बिमा कार्यक्रमबाट हटाईएको बताइएको छ । बिमा कार्यक्रम पाल्पा, रामपुर मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्राथमिक स्वास्थ्य केन्द्र ताहुँ ,खस्यौली, लायन्स लाकौल आँखा अस्पतालमा बिमा कार्यक्रम लागु भएकोमा लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा बिमा कार्यक्रम बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?