Butwal Today

टी-२० अन्तर्राष्ट्रिय शृंखला : नेपालले आज हङकङसँग खेल्दै

९ भाद्र २०८०, शनिबार
अ+
अ-

काठमाडौँ, ९ भदौ ।

मलेसियामा जारी चार देश सहभागी महिला टी-२० आई सिरिजको फाइनलमा आज नेपाल र हङकङबीच खेल हुँदैछ।

अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो ।

शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो।

नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०.८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो।

हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ।