ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

गाईजात्रा १४ गते भनेर नेवार समुदायलाई विभाजित गर्ने षड्यन्त्र : नेवाः देय् दबू

८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

बुटवल,८ भदौ । लुम्बिनीका नेवार समुदायले यस वर्षको गाईजात्रा पर्व भदौ १५ नै मनाउने निर्णय गरेका छन् । नेवाः देय् दबू लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलन गरी पछिल्लो केही वर्षदेखि नेवार समुदायको पर्वहरुलाई विवादास्पद बनाउने कार्यहरु भइरहेको भन्दै भदौ १४ गते (जनै पूर्णिमाको दिन) गाईजात्रा पर्व नमनाउने र १५ गते नै स्पष्ट पारेको हो ।
पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको पात्रो अनुसार गाइजात्रा पर्व भदौ १४ गते परेको छ । चन्द्रमाका आधारमा आफ्नै पात्रो र तिथी रहने भएकाले नेवाः पात्रो अनुसार निर्धारण गरिएको भदौ १५ को गाइजात्रा नै वैज्ञानिक रहेको जनाएको छ ।
आफ्नै सभ्यता, भाषा, लिपी र मान्यता बोकेको नेवाः समुदायमा भ्रम हुने गरी पञ्चाङ्ग पात्रोलाई आधार मानेर दुई दिन मान्नु पर्ने पर्वलाई एकै दिन पार्ने, एकै दिन मान्नुपर्ने पर्वलाई दुई दिन पार्ने जस्ता कार्यहरु भइरहेको र यसले नेवार समुदायमा विभाजन ल्याउने समितिका वरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठले बताए ।
उनले नेवा पात्रोका आधारमा देशभरका नेवार समुदायले भदौ १५ गते गाईजात्रा पर्व मनाउन आग्रह गरे । पञ्चांग निर्णायक समितिमा १५ जना मध्ये ७ जना नेवार समुदायका हुंदा पनि उनीहरुले नेवा पात्रो अनुसार नेवारी चाडपर्व पञ्चांग पात्रोमा समावेश गर्न स्पष्ट अडान नराख्दा चाडपर्वहरु तलमाथि हुन गई नेवार समुदाय विभाजित हुन पुगेको श्रेष्ठले बताए ।
‘पञ्चांग पात्रोमा जनै पुर्णिमा र गाईजात्रा एकैदिन परेको छ तर नेवार समुदायले परम्परादेखि जनै पूर्णिमाको भोलिपल्ट मात्र गाईजात्रा (सापारु) मनाउने चलन हो’– नेवाः देय् दबू लुम्बिनीका प्रथम सचिव चिरञ्जीवी श्रेष्ठले भने–‘नेपाल सम्वत् अनुसार यो वर्ष भाद्र १३ गते अपरान्हबाट शुरु हुने पूर्णिमा तिथी १४ गते अपरान्हसम्म रहने भएकाले १४ गते गुन्ही पुन्ही, क्वाटी पुन्ही (जनैपूर्णिमा) र भदौ १५ गते गाईजात्रा पर्व परेको छ ।’
नेवार समुदायमा मृत्यु भएको घरबाट मृत आत्माको चिरशान्तिको कामना गर्दै जनै पूर्णिमाको अर्को दिन गाईजात्रा (सापारु) निकाल्ने प्रचलन रहेको छ ।
नेवाः देय् दबू लुम्बिनीले नेपालको मौलिक सम्बत नेपाः सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा मान्यता दिँदै नेवार पात्रोका आधारमा नेवाः समुदायको पर्व निर्धारण तथा सार्वजनिक विदाको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।
नेवा पत्रकार शरण कर्माचार्यले काठमाडौं,ललितपुर र भक्तपुरका नेवार समुदाय नै विभाजित भएकाले देशभर अन्योल सिर्जना भएकाले नेवारी चाडपर्वमा एकरुपताका लागि एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?