ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

तिलोत्तमाका भित्री सडकको बिजोग : जताततै खाल्डैखाल्डा,पानी भरिएर पोखरी, दुर्घटनाको उच्च जोखिम (फोटो फिचर)

८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

न्युज बुटवल टुडे

तिलोत्तमा, ८ भदौ ।

संघीय सरकारले बनाएको ६ लेन सडकको झिलिमिलीले चर्चा कमाएको तिलोत्तमा नगरपालिकाको अधिकांश भित्री सडकहरुको हालत भने बिजोग भएको छ ।

पुराना र सांघुरा सडकहरु जीर्ण हुंदा जताततै खाल्डैखाल्डा छन् । यस्तै बिजोग हालत ड्राइभरटोल–शिवपुर सडकको भएको छ । उक्त सडक खण्डको नमुना टोल,शिवचोक देखि ज्योतिनगर हुंदै जनभावना स्कुलसम्म सयौं खाल्डा छन् । सांघुरो र जीर्ण सडकमा वर्षा हुंदा खाल्डाहरु पानीले भरिएर पोखरी बन्ने गर्छन् । जसले गर्दा सवारी साधन चलाउन निकै कठीन हुने गरेको स्थानीयहरुको गुनासो छ ।

सडक निकै सांघुरो भएकाले बस ट्रक गुडेको बेला ईरिक्सा, मोटरसाइकल, साइकललाई साइड लाग्ने ठाउं पनि नहुंदा कुन बेला ठूलो दुर्घटना हुने हो भन्न नसकिने स्थानीय बताउंछन् ।

तिलोत्तमा नगरपालिका वडा नंं ८ को कार्यालय अगाडिको थोरै भाग पिच भएपनि बांकी अधिकांश सडक खण्डमा यात्रा गर्न नसकिने अवस्था छ । सो खण्ड भएर यात्रा गर्ने नागरिकहरु शिवपुर मणिग्राम सडकको लामो दुरीमा यात्रा गर्न वाध्य छन् ।

सडकको दुरावस्थाप्रति इंगित गर्दै सामाजिक अगुवा केशवराज न्यौपानेले त्यहां डुंगा चलाउन तिलोत्तमा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा ब्यङग्य गरेका थिए ।

उक्त सडक खण्डमा तत्काल गुणस्तरीय मर्मत गर्न स्थानीयको माग छ । ६ लेन सडक मात्रै मुसारेर र देखाएर उत्कृष्ट नगरपालिका भन्दै प्रचार गर्नु गलत भएको भन्दै नगरवासीले सबै भित्री सडक स्तरोन्नति गर्न माग गरेका छन् ।

उक्त खण्डमा सडकको जग्गा केही स्थानीयले अतिक्रमण गरेकाले सडक सांघुरो भएको र अतिक्रमण गरेका व्यक्तिले सडकको जगा छाड्न तयार नभए एशियाली विकास बैंकको ऋणमा स्तरोन्नति हुने प्रकृयामा रहेको सडक नबन्ने खतरा पनि उत्तिकै रहेको छ ।

अधिकांश स्थानीयले सडकको जग्गा अतिक्रमण गर्नेले उक्त सार्वजनिक जग्गा नछाडे आफूहरुले सडक विस्तारका लागि जग्गा नछाड्ने अडान राखेका छन् । ड्राइभरटोल–शिवपुर सडक जस्तै मंगलापुर–कान्छिबजार सडकको हालत पनि वर्षौंदेखि बिजोग छ ।

तस्विरहरुः टिआर शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?