ट्रेंडिंग:

>> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

एमाले लुम्बिनी प्रदेश अधिवेशनको प्रतिनिधि छनौट सुरु, आकांक्षी धेरै हुँदा निर्वाचनको तयारी

८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

बुटवल, ८ भदौ ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको भदौ १६ र १७ गते बुटवलमा हुने प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौटको प्रकृया सुरु भएको छ । भदौ ९ गते शनिबार प्रदेशमा रहेका १०९ वटै पालिकामा र सबै जनसंगठनबाट गरिने प्रतिनिधि छनौटका लागि आवश्यक प्रकृया सुरु भएपछि गाउँ, नगर, जिल्ला र प्रदेश पार्टी कार्यालयमा आकांक्षीहरुको भीड लागेको छ ।

केही पालिका र जनसंगठनमा निर्विरोध रुपमा प्रतिनिधि छनौट भएपनि अधिकांश ठाउँमा आकांक्षी धेरै भएकाले निर्वाचनबाटै जानुपर्ने अवस्था आएको नेताहरुले बताएका छन् । प्रदेशमा १ हजार ४ जना प्रतिनिधि रहनेछन् । एमालेले यो पटकदेखि सबै सहभागी प्रतिनिधिलाई भूगोलबाट नै अनिवार्यरुपमा निर्वाचित भएर आउनुपर्ने विधि तय गरेकाले र सबै क्षेत्रमा एकैपटक प्रतिनिधि छान्ने समय तोकेकाले पनि सबैलाई आफ्नो भूगोलमा केन्द्रित हुनुपरेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।

अधिवेशन बुटवल १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ । अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु आउने निश्चित भइसकेको छ ।

प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले प्रतिनिधि छनौटका लागि प्रकृया सुरु भइसकेको जानकारी दिँदै सर्वसम्मत भएका क्षेत्रहरुमा आज नै घोषणा गर्ने र नभएका ठाउँमा भोलि शनिबार बिहान ७ बजे एकै पटक निर्वाचनबाट छानिने बताए । कुल ८२ हजार ३ सय ३ पार्टी सदस्य रहेको एमाले लुम्बिनीमा अधिवेशनका लागि १ हजार ४ जना प्रतिनिधि छनोटका लागि यो प्रकृया सुरु भएको हो ।

प्रदेश कमिटी सदस्य मोहन चापागाईले प्रादेशिक संरचनामा हुन लागेको पहिलो अधिवेशन भएकाले पनि नमुना ढंगले अधिवेशन पूरा गर्नुपर्ने र सबैको चासो बढेको बताए । उनले अधिवेशन प्रतिनिधिलाई खानाको व्यवस्था गरिएपनि होटलको व्यवस्थापन आफैले गर्नुपर्ने नियम बनाइएको बताए ।

अधिवेशनको सन्दर्भमा प्रचार विभागले सम्पादकहरुसंग मिडियामार्फत् सहयोगको लागि अन्तक्र्रिया गर्ने, १४ गते पत्रकार सम्मेलन गरेर तयारीका बारेमा जानकारी दिने, उदघाटनको दिन पार्टीको वेभसाइटसहित न्युज पोर्टल लुम्विनी सन्देश डट कमको सार्वजनिक गर्ने, वेभसाइटका लागि तयारी गर्ने प्रचार विभाग प्रमुख घिमिरेले जानकारी दिए ।

यो पटक अधिवेशनमा प्रतिनिधि छानिन एमालेले केही कडा नियम बनाएको छ । पार्टी केन्द्रबाट २०८० सालको नवीकरण भई प्रमाणित भएको सदस्यता विवरणका आधारमा छनौट गर्ने, प्रतिनिधि छनौटको आवश्यक योजनासहितको व्यवस्थापन जिल्ला कमिटीले गर्ने, प्रतिनिधि छनौटको इकाई (क्षेत्र) गाउँपालिका÷नगरपालिका र उपमहानगर पालिकालाई बनाउने १०० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गर्ने, १५० भन्दा बढी सदस्य भएको खण्डमा २ जना, २५० जना सदस्य भएमा ३ जना प्रतिनिधि चयन गर्ने, यसरी ५० भन्दा माथि शेष भएमा १ जना थप गर्दै जाने विधि बनाइएको छ । त्यसैगरी दलित समुदायको हकमा ७५ जना पार्टी सदस्य संख्या बराबर १ जना प्रतिनिधि हुने, शेष संख्या ५० प्रतिशतभन्दा धेरै भएमा थप १ जना प्रनितिधि हुने, हरेक ३ जनामा १ जना महिला अनिवार्य हुनुपर्ने, २ जना मात्र प्रतिनिधि भएका १ जना महिला अनिवार्य, ५ जना प्रतिनिधि भएमा २ जना महिला, ८ जना भएमा ३ जना महिला अनिवार्य हुनुपर्ने र यसरी जम्मा हुने प्रतिनिधि संख्यामा ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य हुनुपर्ने विधि बनाइएको छ ।

प्रतिनिधि छनौट गर्दा दलित समुदायको संख्या घटाएर मात्र अन्यको गणना हुनेछ । दलित सदस्यले अन्य तथा खुल्लामा जान चाहेमा प्रतिनिधि छनौटको दिनभन्दा ३ दिन अगावै जिल्ला कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यसैगरी जनसंगठनको हकमा महासंघ भएकोबाट ५ जना र अन्य जनसंगठनहरुको हकमा ३ जना प्रदेश कमिटीबाट छनौट गर्नुपर्ने, प्रतिनिधि छनौट गर्दा समावेशीलाई ध्यान दिने, अनेमसंघबाहेक अन्य जनसंगठनहरुमा प्रतिनिधि ५ जना हुनेबाट २ महिला र ३ जना हुनेबाट १ महिला अनिवार्य हुनुपर्ने, जनसंगठनको प्रतिनिधित्व गर्न पार्टी सदस्य भएको र २०८० सालको नवीकरण भई प्रमाणित गरेको सुचिमा नाम भएको हुनुपर्ने नियम बनाइएको छ ।

अधिवेशनका लागि लुम्बिनी प्रदेशको समृद्धि र विकासको अवधारणापत्र तयारीका लागि पार्टी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी संयोजक तथा सदस्यमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्य समेत रहेको कमिटी गठन गरिएको छ । अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल संयोजक तथा प्रदेश कमिटीका पदाधिकारी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्य, उपसचिवद्वय लिला राना र दुर्गाप्रसाद थारु एवं जिल्ला कमिटीका अध्यक्षहरु सदस्य रहने गरी १७ सदस्यीय मूल ब्यवस्थापन कमिटी, राजनैतिक, सांगठिनक तथा आर्थिक प्रतिवेदन तयारीका लागि संयोजक राधाकृष्ण कडेल, सदस्य भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लिला राना र दुर्गाप्रसाद थारुलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी अतिथि सत्कार संयोजक भोजप्रसाद श्रेष्ठ, स्वास्थ्य समिति संयोजक बाबुराम भट्टराई, साँस्कृतिक उपसमिति संयोजक सिन्धु जलेशा, कार्यालय तथा प्रतिनिधि व्यवस्थापन समिति संयोजक लक्ष्मण आचार्य, सदस्य बालकृष्ण पाण्डे, प्रचार प्रसार समिति संयोजक डी.आर. घिमिरे, सदस्य मोहन चापागाई, शेरवहादुर केसी, भरत केसी, दिनेश पाण्डे, प्रदीप आचार्य, शोभाखर पन्थी, निरु गौतम, रामप्रसाद आचार्य, मञ्च व्यवस्थापन र स्वंयसेवक परिचालन संयोजक पुरन गुरुङ्ग, सहसंयोजक तुलबहादुर अधिकारी, आवास तथा खाद्य व्यवस्थापन समिति संयोजक तेजेन्द्र केसीलाई जिम्मेवारी दिइएको छ ।

अधिवेशनबाट नयाँ नेतृत्वका लागि आकांक्षी धेरै भएपनि प्रतिनिधि छनौटमै फालिने डरले बोलेका छैनन् । अहिले ६ सयभन्दा माथिको प्रदेश कमिटीलाई अब २ सय ५० को संख्यामा बनाइने भएकाले पनि यसमा धेरैको चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?