Butwal Today

उद्योग व्यापार संगठन रुपन्देहीको अधिवेशन असोज ६ गते

८ भाद्र २०८०, शुक्रबार
अ+
अ-

भैरहवा, ८ भदौ ।

उद्योग व्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्श, रुपन्देही) को १६ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन आगामी असोज ६ गते शनिबार हुने भएको छ । संगठनको भदौ २ गते बसेको नियमित बैठकले साधारणसभा तथा अधिवेशन असोज ६ गते गर्ने निर्णय भएको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

साधारणसभा तथा अधिवेशन रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९, उदयपुरस्थित उद्योग व्यापार संगठनको हलमा बिहान ८ सुरु हुने महासचिव सचिन रोक्काले बताए ।

साधारणसभा तथा अधिवेशनमा उपस्थित हुन संगठनले आफ्ना सम्पूर्ण सदस्यहरुलाई आग्रह गरेको छ । संगठनले उद्योगी व्यवसायीको हकहितमा काम गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको कोषाध्यक्ष राम मिलन यादवले बताए ।