ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
सम्पादकीय

सालझण्डी ढोरपाटन सडकः बन्ने कहिले ?

७ भाद्र २०८०, बिहीबार
७ भाद्र २०८०, बिहीबार

सडकले नै सम्मृद्धि लिएर आएको हुन्छ । सडक विकासको न्यूनतम पूर्वाधार हो । जहाँ सडक पुगेको छैन, त्यहाँ विकास पनि पुग्दैन । तसर्थ सडकले जोड्छ विकासलाई । सडकले गाउँमा सम्मृद्धि ल्याउँछ । सडकसंगै सम्मृद्धिको सपना गाउँको अभिलाषा हो । नेपालमा सडक सम्मृद्धिको सपना पूरा गर्न धेरै पहिलेदेखि प्रयास भएको हो तर बिडम्वना अहिलेसम्म नेपालका दूरदराज गाउँसम्म विकास पुगेको छैन । गाउँलाई सडकले जोड्न सकिरहेको छैन । सडक पुगेको छ तर कालोपत्रे नहँुदा मोटर जान सकिरहेको छैन । त्यस्तै एक सडक हो जसले बर्षौदेखि शहर र गाउँलाई जोड्ने उद्देश्यले निर्माण सुरु गरिएको थियो, त्यो अहिलेसम्म पूरा हुन सकेको छैन ।

रूपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीको सन्धिखर्क हँुदै वाग्लुङको ढोरपाटन जोडने मोटर बाटो त्यस क्षेत्रका लाखौं मानिसका लागि सम्मृद्धिको सपना थियो । मोटरबाटो बनेपछि भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनी र बाग्लुङको ऐतिहासिक शिकार आरक्ष रहेको ढोरपाटन जोड्न महत्वपूर्ण सहयोग पुग्ने आशा गरिएको थियो । तर, यो सडक निर्माण सुरु भएको करिव १४ बर्ष हुँदासम्म पनि पूरा हुन सकेको छैन । दुःखको कुरा के हो भने यो सडक निर्माण सम्पन्न हुन अझै कति समय लाग्ने हो कुनै निश्चित छैन । यो सडकले जनतालाई सुविस्ता दिने ठानिएको थियो तर अहिले सडककै कारण जनताले सास्ती पाएका छन । अहिले हिलो र धुलोबाट सास्ती खेपेका जनताले मोटर बाटोको लागि दिएको जमिन सम्झिदै दुःख मान्ने गरेका छन् ।

तराई र हिमाललाई समेत जोड्ने यो सडक निर्माण सम्पन्न हुने हो भने गुल्मी, बाग्लुङ, प्यूठान र अर्घाखाँची हुँदै पाल्पाका जनतालाई ठूलो सुविधा पुग्ने थियो । बि.सं. २०६६ सालदेखि निर्माण सुरु गरिएको सडक पर्याप्त बजेटको समस्याका कारण पूरा हुन सकेको छैन । १ सय ८५ किलोमिटर लामो यो सडकलाई संघीय सरकारले राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा अगाडी बढाएको थियो तर अहिले यसलाई लंगडो बनाउने काम भएको छ । यो सडकले रूपन्देहीमा ५, पाल्पामा २०, अर्घाखाँची ७०, गुल्मीमा ४० र वाग्लुङ जिल्लामा ५० किलोमिटर क्षेत्रफल ओगटेको छ । १४ बर्षको बीचमा बल्ल सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ । अब स्तरोन्नतीको काममा कालोपत्रे संगै अन्य धेरै काम बाँकी रहेको बताइएको छ ।

बुटबलदेखि पाल्पा हुँदै गुल्मी र बाग्लुङका स्थानीय लाखौं जनताका लागि वैकल्पिक सडकका रूपमा यो सडकलाई हेरिएको छ । तर, १४ बर्ष हुँदापनि सडकको प्रगति आधा पनि नहुनुले जनता निरास भएका छन् । सुरूमा सडक निर्माण हुने भयो भन्ने सुन्दा खुसी भएका स्थानीय जनता अहिले निरास हुनुपर्ने अवस्था छ । बहुबर्षीयका नाममा यो सडकलाई अव कतिञ्जले लम्ब्याउने ? संघीय सरकारको यो आयोजनामा ध्यान नपुगेको होला । तसर्थ अव प्रदेश सरकारले सडक निर्माणका लागि र पर्याप्त बजेट ब्यवस्थाका लागि संघीय सरकारको ढोका ढकढक्याउने काम गरोस् । सडकका लागि बर्षेनी बिनियोजन हुने थोरै बजेटले अझै केही बर्ष यो सडक निर्माण हुने छनक देखिदैन । कालोपत्रे हुने आशामा बसेका त्यस क्षेत्रका यात्रु अहिले ग्राभेल सडककै कारण बढ्दो दुर्घटनाको नियती भोग्न बाध्य छन् । अतः सडक निर्माणमा सरकारको ध्यानाकर्षण होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?