Butwal Today

अध्यागमनका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो, तानिए गृह

७ भाद्र २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ, ७ भदौ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको जिम्मेवारी खोसिएको छ ।

सुन तस्करीमा जोडिएका दावा छिरिङसँगको सम्बन्धको विषय बाहिर आएसँगै अधिकारीलाई महानिर्देशको जिम्मेवारीबाट हटाउँदै मन्त्रालयमा तानिएको हो ।

दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे छानबिनका लागि मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ ।

महानिर्देशक अधिकारीलाई मन्त्रालयमा तानिएसँगै विभागमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय नभइसकेको बुझिएको छ ।