Butwal Today

तीजका अवसरमा एफइसी सहकारीले विविध कार्यक्रम गर्दै

७ भाद्र २०८०, बिहीबार
अ+
अ-

बुटवल, ७ भदौ ।

एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड तिलोत्तमा–९ मंगलापुरले महिलाहरुको महान चांड हरितालिका तीजको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।

सहकारीले हरिततालिका तीजको अवसर पारेर सहकारीमा आवद्ध महिला शेयर सदस्यहरुको लागि सहकारी शिक्षा तालिमको आयोजना गर्ने छ । त्यस्तै तीज पर्वकै अवसरमा वृक्षारोपण कार्यक्रमको समेत आयोजना गरिने सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।

सहकारीले यस वर्षको तीज मिलन पर्व पनि मनाउने जानकारी दिएको छ । सहकारीले यही भदौ १३ गते कुन्जपार्क कुन्जलापुरमा कार्यक्रम आयोजना गर्ने ज्ञवालीले जानकारी दिए ।