ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
विचार

सुपा देउराली मन्दिरको इतिहास र सामाजिक योगदान

६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये अर्घाखाँची एउटा सुन्दर पहाडी जिल्ला हो । अर्घा र खाँची दुई पुराना चौबीसे राज्य हुन । दुबैलाई मिलाएर अर्घाखाँची नामाकरण गरिएको हो । प्राकृतिक दृष्टिले सुन्दर छ यो जिल्ला । पर्यटकीय स्थलहरू पनि धेरैछन् । सुपा देउराली, ठाडादह, उलुक महाराजको क्षेत्र र पाणिनी ऋषिको तपोभूमि पणेना अर्घाखाँचीका मुख्य पर्यटकीय गन्तव्य हुन । तीमध्ये अहिले लोकमा सुपा देउराली मन्दिरको महिमा निकै फैलिएको छ । अर्घाखाँचीमा मात्र नभई पश्चिम नेपालको एउटा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास र विस्तार भईरहेको छ । स्वदेशका विभिन्न भाग र छिमेकी देश भारतका विभिन्न भागबाट समेत मानिसहरू पूजा अर्चना गर्न सुपा देउराली पुग्ने गर्दछन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कपिलबस्तुको गोरुसिङ्गेबाट ४६ किलोमिटर उत्तरमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगङ्गा नगरपालिकाको दोसाँधमा अवस्थित खाँचीकोटमा सुपा देउराली मन्दिर रहेको छ । गोरुसिङ्गे सन्धिखर्क सडक खण्डमा यो मन्दिर रहेको र पक्की सडक भएकाले आवतजावत गर्न सजिलो छ । यसको महिमा गुल्मी र अर्घाखाँची जिल्लामा निकै फैलिएको छ । गुल्मी र अर्घाखाँचीका विभिन्न स्थानमा सुपादेउराली मन्दिरका शाखा मन्दिरहरू स्थापना गरिएका छन् । कपिलबस्तु जिल्लाको पिपरामा समेत शाखा मन्दिर स्थापना गरिएको छ । यही सुपादेउराली मन्दिरको फैलिदोँ महिमाका कारण खाँचीकोट र नरपानी डाँडामा सानोतिनो बजार नै विकास भएको छ । पर्यटकीय पूर्वाधार सडक, होटल तथा रेष्टुरेन्ट एवं रिसोर्टहरू स्थापना गर्ने क्रम दिन प्रतिदिन बढ्दो छ । नरपानी डाँडामा राम्रैसँग पर्यटकीय पूर्वाधारहरू विकास भएका छन् । शितल हावापानी पाइने नरपानी आफैमा एउटा सुन्दर डाँडा हो । यहाँबाट डाँडाकाँडा र प्राकृतिक दृश्यहरू अवलोकन गर्न पाइन्छ । शितल हावापानी भएकोले सुपादेउराली देवीको दर्शन गरी शितलताको आनन्द लिन नेपालको तराईका विभिन्न भाग र भारतबाट समेत गर्मी मौसममा ठूलो सङ्ख्यामा पर्यटकहरू पुग्ने गर्दछन् ।

सुपादेउराली मन्दिर ऐतिहासिक प्रमाण र किम्बदन्ती दुबैका आधारमा सञ्चालित छ । सुपादेउराली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर केसीले बताएको किम्बदन्ती अनुसार वि.सं. १६०० मा खाँचीको राजकुलमा सुपादेउराली देवीले जन्म लिएकी थिइन । १६१९ मा भारतको बलरामपुरको राजकुलमा उनको बिहे भयो । यो बिवाह उनको मन्जुरी विनाको थियो । डोलीमा बोकेर भारततर्फ लैजाने क्रममा देवी स्वरूपा दुलहीले आत्महत्या गरिन । हालको मन्दिर रहेको स्थानमा पुग्दा डोलीबाट रगत चुहेको देखियो । त्यसै क्षेत्रमा उनको दाहसंस्कार गरी सबै आ–आफ्नो घरतर्फ लागे । यो घटनापछि खाँची राजकुलमा ठूलो हलचल भयो । गाउँमा रोग व्याधी पनि फैलियो । धेरै धामी झाँक्रीहरू डाकेर सोधियो । एक जना खनाल थरका धामीले राजकुमारीको इच्छा विपरित विवाह गरीदिइएकाले यस्तो घटना भएको बताउँदै रगत चुहेको स्थानमा कालो पाठी अर्पण गरेमा राजकुमारीको आत्माले शान्ति पाउने भनेपछि सोही अनुसार गरियो । त्यसपछि गाउँमा रोग व्याधी पनि हरायो । देवी शिलाको रूपमा प्रकट भईन । त्यसपछि त्यहाँ देवीको पुजाद्वारा अर्चना गर्न शुरु गरियो ।

सँस्कृतिविद राजेन्द्र आचार्यले बताएको अर्को ऐतिहासिक प्रमाण अनुसार खाँचीका राजा ध्वजन शाहको छोरी लिलावतीका रूपमा उनको जन्म भएको थियो । खाँचीका राजबंशको बंशावली टिप्पन अनुसार वि.सं. १६२७ देखि १६६९ सम्म ध्वजन शाहले खाँचीमा राजकाज सञ्चालन गरेका थिए । लिलावती सानैदेखि एकान्तप्रिय र बैरागी जस्ती एवं देवी देवताको पूजा प्रार्थना गर्ने स्वभावकी थिइन । उनको विवाह हालको गण्डकी प्रदेश अन्तर्गतको गोर्खाका राजा राम शाहसँग भयो । उनको यो विवाह इच्छा विपरित गरिदिइएको थियो । उनले अभिभावकसँग मेरो विवाह नगरीदिनुहोस् सिद्ध भएर बस्छु भनेकी थिइन । उनी गोर्खामा विवाह भएर रानी बनेपनि राजकाजमा भन्दा देवी देवताको पूजा प्रार्थनाप्रति इच्छा गर्ने सिद्धिका रानीको रूपमा प्रख्यात भईन । देहावशानपछि उनी मनकामना देवीको रूपमा प्रकट भईन । गृह देश गोर्खामा मनकामना देवीका रूपमा र माइती देश खाँचीमा सुपादेउराली देवीका रूपमा प्रकट भईन । पछि यसले किम्बदन्तीको रूप लियो । यिनलाई जगदम्बा देवीको रूपमा मानिन्छ । ऐतिहासिक प्रमाण र किम्बदन्ती दुबैलाई केलाउँदा सुपादेउराली मन्दिर १७ औं शताब्दीदेखि प्रचलनमा आएको मान्न सकिन्छ । किम्बदन्ती अनुसार १६१९ लाई आधार मान्दा यो ४ सय ६१ वर्ष पुरानो मन्दिर हुन आउँछ । अर्घाखाँचीको सुपा देउराली र गोर्खाको मनकामना मन्दिर विचको अन्तर सम्बन्ध केलाउन मनकामना मन्दिरमा विगत ५४ वर्षदेखि मूल पुजारीको रूपमा कार्यरत इन्सान थापालाई मनकामना मन्दिर कहिलेदेखि प्रचलनमा आएको हो भनि मैले सोधेँ । थापाले मनकामना मन्दिरबारे लेखिएका स्रोत सामग्रीका आधारमा यो करीब ३०० वर्ष पुरानो मन्दिर हो भने । थापाले राम शाहकी रानी लिलावती राम शाहको देहावसानपछि सति गएको र त्यसपछि मनकामना देवीको रूपमा प्रकट भएको कुरा पनि बताए । सँस्कृतीविद राजेन्द्र आचार्यका अनुसार राजा राम शाह वि.सं. १६६१ मा गोर्खाका राजा बनेका थिए । यसरी उक्त दुई मन्दिर प्रचलनमा आएको समयावधी फरक देखिएपनि राम शाहको रानी लिलावती भएको र उनै लिलावती देवीको रूपमा प्रकट भएको कुरा मिल्न जान्छ । गोर्खाको मनकामना मन्दिर मनोकामना सिद्ध गरिदिने देवीका रूपमा लोकमा पुज्य छ । त्यस्तै अर्घाखाँचीको सुपादेउराली मन्दिर पनि मनोकामना सिद्ध गरिदिने देवीका रूपमा लोकमा पुज्य छ । मनकामना मन्दिरमा बलीको रूपमा बोका, राँगा, हाँस, कुखुरा अर्पण गरिन्छ । सुपा देउरालीमा भने पहिले कालो पाठीको चलन थियो । अहिले पाठो, पाठी, भेँडा, कुखुरा अर्पण गरिन्छ । मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले सुपा देउराली र मनकामना मन्दिरवीचको अन्तर सम्बन्धबारे ज्ञान नभएको बताए भने सुपा देउराली मन्दिरका अध्यक्ष फर्सबहादुर केसीले यहाँको ठकुरी बंशावलीमा मनकामना मन्दिर र सुपादेउराली मन्दिरबीच अन्तर सम्बन्ध भएको कुरा आए पनि किम्बदन्ती र बंशावली बाझिएको धारणा राखे ।

 

 

सुपा देउराली मन्दिरमा असोजदेखि मङ्सिर महिनासम्म पूजाका लागि निकै भिड लाग्छ । यो मौसममा दैनिक ७ हजार जनासम्म भक्तजन आउँछन् । बढीमा मासिक २२ लाख रूपैयाँसम्म आम्दानी भएको तथ्याङ्क छ । सुपादउराली मन्दिरले सनातन धर्म संस्कृतिको प्रबद्र्धनमा टेवा त पु¥याएको छ नै, सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएको छ । सन्धिखर्क नगरपालिका अन्तर्गतको आदर्श मा.वि. खाँचीकोट, शितगङ्गा नगरपालिकाको सिता आधारभूत विद्यालय, शान्ति आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालय सञ्चालनार्थ आर्थिक सहयोग प्रदान गरेको छ । शिक्षा क्षेत्रमा मासिक १ लाख १२ हजार रूपैयाँ छुट्टयाइन्छ । स्वास्थ्य तर्फ सन्धिखर्क नगरपालिका अन्तर्गतको खाँचीकोट स्वास्थ्य चौकीमा एकजना स्वास्थ्य सहायक (अहेव) को व्यवस्था गरिएको छ । सन्धिखर्कमा गौशाला र बेद विद्याश्रम, सिद्धेश्वर मन्दिर लगायतका मठमन्दिरलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ । देशभरका दीर्घ रोगीहरूलाई रु. ५ हजारका दरले आर्थिक सहयोग वितरण गरिन्छ । दैनिक ७ जनासम्म दीर्घ रोगीले यो सुविधा लिइरहेका छन् । हजारौँ सङ्ख्यामा दीर्घ रोगीहरूले आर्थिक सहयोग प्राप्त गरीसकेका छन् ।
यसरी सुपा देउराली मन्दिर पश्चिम नेपालमा एक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा प्रबद्र्धन हुँदै गइरहेको छ । यसले धार्मिक र सामाजिक दुबै क्षेत्रमा योगदान दिईरहेको छ । एउटा सानो मन्दिरले यति धेरै महत्वपूर्ण सामाजिक योगदान दिएको छ । हाम्रो मुलुकका ठूला मन्दिरहरू काठमाण्डौको पशुपतिनाथ, लुम्बिनीको मायादेवी, रिडीको ऋषिकेशव, पाल्पाको भैरवस्थान, धरानको बराह क्षेत्र, मुस्ताङको मुक्तिनाथ र गोर्खाको मनकामना मन्दिरले पनि यस्तै सामाजिक क्षेत्रमा योगदान दिएको सुन्न, देख्न र लेख्न मन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?