ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

प्रविधि उद्योगका लागि सन् २०२३ सर्वाधिक खराब वर्ष, २ लाख २६ हजारले गुमाए जागिर

६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

काठमाडौं, ६ भदौ ।

विश्वका विभिन्न प्रविधि कम्पनीहरुमा कार्यरत २ लाख २६ हजार मानिसहरुले चालु वर्ष सन् २०२३ मा जागिर गुमाएका छन् ।

हालै प्रकाशित रिपोर्ट अनुसार सन् २०२२ मा वर्षभर जागिर गुमाएका प्रविधि उद्योगका जनशक्तिको तुलनामा यो ४० प्रतिशतले धेरै हो ।

व्यापक कर्मचारी कटौतीका कारण प्रविधि उद्योगका लाखौं कार्यस्थलहरु बन्द भैसकेका छन् । जसका कारण यो वर्ष सन् २०२३ प्रविधि उद्योगका लागि अहिलेसम्मकै सबैभन्दा खराब वर्षको मा रहेको AltIndex.com को रिपोर्टमा उल्लेख छ ।

सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा प्रविधि उद्योगहरुले एक लाख ६४ हजार ७४४ जना कर्मचारीहरुलाई जागिरबाट हटाएका थिए ।

सन् २०२१ को तुलनामा त्यो ११ गुणा धेरै थियो । Layoffs.fyi तथ्यांक अनुसार सन् २०२१ मा विश्व प्रविधि उद्योगमा कार्यरत करिब १५ हजार जनशक्तिले मात्रै जागिर गुमाएका थिए ।

तर यो वर्ष सन् २०२३ सर्वाधिक खराब देखिएको छ । गत जनवरीमा मात्रै प्रविधि उद्योगका ७५ हजार ९१२ जना जनशक्तिले आफ्नो जागिरबाट हात धुनुपरेको छ । जुन सन् २०२२ को कूल कर्मचारी कटौतीको झण्डै आधा हो ।

त्यस्तै फेब्रुअरीमा ४० हजार जना कर्मचारीहरु कटौतीमा परे भने त्यसपछिको तीन महिनामा कुल ७३ हजारले जागिर गुमाए । त्यसयता प्रविधि उद्योगमा कार्यरत थप २४ हजार जनशक्ति जागिरबाट निकालिएका छन् र यो वर्ष विश्व प्रविधि उद्योगमा कुल कर्मचारी कटौतीकेा संख्या २ लाख २६हजार ११७ पुगेको रिपोर्टमा उल्लेख छ ।

अनिश्चित विश्व अर्थतन्त्र, मुद्रास्फीति, आपूर्ति श्रृंखलामा व्याप्त समस्या तथा घट्दो आम्दानीका कारण प्रविधि कम्पनीहरुले कर्मचारी कटौतीलाई बढावा दिइरहेका छन् । यो मामिलामा गुगल, मेटा, माइक्रोसफ्ट तथा अमेजन जस्ता कम्पनीहरुले नै अग्रभागमा रहेका छन् ।

यद्यपि कर्मचारी कटौतीले अन्य ससाना प्रविधि कम्पनीहरुलाई पनि छाडेको छैन । रिपोर्टमा भनिएको छः खुद्रा र क्रिप्टोदेखि परिबहन बजारसम्मका अन्य सयौँ ससाना प्रविधि कम्पनीहरु समेत पीडादायी खर्च कटौतीका उपायहरु अपनाउन बाध्य छन् । जसका कारण प्रविधि उद्योगमा अहिलेसम्मकै उच्च कर्मचारी कटौती भएको छ ।

एक तथ्यांक अनुसार सन् २०२१ को सुरुआतदेखि अहिलेसम्म प्रविधि उद्योगहरुले ४ लाख ५ हजार भन्दा धेरै कर्मचारी कटौती गरिसकेका छन् ।

यस्तो कर्मचारी कटौतीको संख्यामा अमेरिकी प्रविधि कम्पनीहरुको हिस्सा सबैभन्दा ठूलो छ । यो वर्ष कटौतीमा परेका प्रविधि उद्योगका जनशक्तिमध्ये ८० प्रतिशत अमेरिकी प्रविधि कम्पनीमा कार्यरत जनशक्ति हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?