ट्रेंडिंग:

>> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ? 

‘अन्य पेशा जानेका छैनौं, सिलौटा बिक्दैन’

सिलौटा, जाँतो बनाउने ढुंगा नेपालमा नपाईने र भारतको बहराइचबाट किनेर ल्याउने गरेको उनीहरु बताउँछन् । बहराइचबाट खरीद गरेर ल्याएको ढुंगालाई काँटछाँट गरेर उनीहरुले कलात्मक बनाउँछन् र विक्रीका लागि गाउँ–गाउँ पुग्छन् । तर, बिक्री हुँदैन ।
५ भाद्र २०८०, मंगलवार
५ भाद्र २०८०, मंगलवार

नेपालगञ्ज, ५ भदौ।

बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरका २२ वर्षीय अर्जुन कुसबन्ध्या आफ्नो बस्ती नजिकैको आँपबगियाको छहारीमा बसेर सिलौटा र जाँतो खोप्छन् । उनी मात्र होईन, उनका दाजु, भाई र काकाले पनि सधै सँगै बसेर सिलौटा खोपीरहेका भेटिन्छन् । ११ वर्षको उमेरदेखि नै सिलौटा खोप्न सिकेको बताउने अर्जुनले एक दिनभरी खोपेको सिलौटा र जाँतो अर्को दिनभरी साईकलमा राखेर बिक्री गर्न विभिन्न टोलमा लैजाने गरेको बताउँछन् । ‘कहिलेकाँही सबै बिक्री हुन्छ, कुनै दिन त एउटा पनि बिक्री हुँदैन, त्यसै फर्काएर ल्याउँछु,’ उनले भने – ‘अरु काम जानेको छैन, बिक्री नभए पनि सिलौटा खोपिरहन्छु ।’

नेपालगञ्ज–६ फुलटेक्राका जोग्या कुसबन्ध्याले सिलौटा, जाँतो बनाउने र त्योसँगै सनपाटको डोरी बिक्री गर्दै आएका छन् । बाबुआमाले गर्दै आएको पुख्र्यौली पेशा अंगालेको उनी बताउँछन् । तर सिलौटा, जाँतो बनाएर विक्रीका लागि गाउँ–गाउँमा पुग्दा कसैले किन्न नमानेको उनको गुनासो छ । ‘सिलौटा खोप्दा कहिले हथौडाले उङ्ग्ली (औंला) फुटिहाल्छ, कहिले साना टुक्राले आँखामा चोट लाग्छ’, उनले भने –‘यति मेहनत गरेर बिक्री गर्न जाँदा मिक्स्चरको जमानामा सिलौटा के काम ?भन्छन् बहुत दुःख लाग्छ ।’

अन्य वैकल्पिक पेशा नभएपछि नेपालगञ्ज फुलटेक्राका खोद्धा कुसबन्ध्याले पनि पुर्खाले अंगाल्दै आएको पेशालाई निरन्तरता दिइरहेको बताउँछन् । तर बनाएर राखेको सिलौटा बिक्री गर्न मुस्किल भएको उनले पनि सुनाए । महिनाभरि मुस्किलले ५ वटा सम्म बिक्री हुन्छ । उनले भने –‘परिवार ६ जनाको छ, सबैको पेशा यही हो । साँझ विहानको छाक टार्न मुस्किल छ ।’

बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरकी अरुणी कुसबन्ध्याले श्रीमान र ससुरा सिलौटा बिक्रीका लागि दिनभरी गाउँ डुले पनि बेलुका रित्तो हात घर फर्किने गरेको बताईन् । उनले भनिन्,– ‘सिलौटा बिक्रीको लागि कोहलपुर सम्म जानुहुन्छ, एउटा पनि बिक्री नभएर निराश भएर फर्काएर ल्याउनुहुन्छ ।’

कुसबन्ध्या समुदायका पुरुषहरु सिलौटा, जाँतो बनाएर बिक्री गर्ने र महिलाहरु घर घरमा पुरानो सिलौटा, जाँतो खोप्न जाने गरेको बताउँछन् । सिलौटा खोपेवापत दाल चामल मात्र पाउने गरेको बताउँछिन् सोही ठाउँकी केतकी बुसबन्ध्या । उनी भन्छिन् –‘दिनभरि डुलेर एक दुई ठाउँमा पुरानो सिलौटा खोप्ने काम पाईन्छ, त्यसबापत एक डेढ केजी चामल र दाल पाईन्छ साँझ घर फर्केर त्यही चामल पकाएर छाक टार्छम् ।’

सिलौटा, जाँतो बनाउने ढुंगा नेपालमा नपाईने र भारतको बहराइचबाट किनेर ल्याउने गरेको उनीहरु बताउँछन् । बहराइचबाट खरीद गरेर ल्याएको ढुंगालाई काँटछाँट गरेर उनीहरुले कलात्मक बनाउँछन् र विक्रीका लागि गाउँ–गाउँ पुग्छन् । तर, बिक्री हुँदैन । एउटा सिलौटा बनाउने ढुंगाको मूल्य भारतीय एक सय ५० रुपैयाँ पर्ने गरेको र बनाईसकेपछि चार÷पाँच सयमा बिक्री गर्न पनि समस्या भएको ईन्द्रपुरका पट्वारी कुसबन्ध्याले बताए । आधुनिकतासँगै आफुहरुको पेशा संकटमा परेको उनको भनाई छ । पट्वारीले भने –‘जाँताको ठाउँमा मिल आयो, सिलौटाको साटो मिक्स्चर लिन थाले, सनपाटका डोरी छोडेर प्लाष्टिकको डोरी लिन्छन् हाम्रो मेहनत कसैले बुझ्दैन ।’ यसअघि सिलौटा, जाँतो र सनपाटको डोरी बनाएर बिक्री गर्दै आएपनि आधुनिकतासँगै अहिले पेशामा बिराम लागेको उनको भनाई छ ।

सिलौटा, जाँतो बनाउने ढुंगा यसअघि भारतको बहराईचबाट ठेकेदारले ट्रकमा आफै लोड गरेर बस्ती सम्म ल्याईदिने गरेकोमा हाल नेपालगञ्ज भन्सार कार्यालयले ल्याउन नदिँदा पेशा झन् संकटमा परेको पट्वारीले बताए । अहिले सबैजना साईकलमा थोरै मात्रामा ढुँगा ल्याएर बनाएको सिलौटा जाँतोबाट केही फाईदा नभएको उनले सुनाए ।
नेपालगञ्जमा बनाएको सिलौटा, जाँतो सुर्खेत, दाङ तिर केही मात्रामा बिक्री भएपनि बाँकेमा बिक्री हुन छाडेको पट्वारीले बताए ।

जनजातीभित्रको लोपोन्मुख जाति मानिने पथरकट्टा एवं कुसबन्ध्या समुदायको जनसंख्या बाँकेमा करिव तीन सयको हाराहारीमा रहेको बताईन्छ । उनीहरुले सरकारबाट प्रत्येक सदस्यले सामाजिक सुरक्षा भत्ता पनि पाउँदै आएको बताउँछन् । तर आफूले बनाएका सामग्री बिक्री नभएर पुख्र्यौली पेशा संकटमा परेको र सामाजिक सुरक्षा भत्ताले मात्र जीवन धान्न मुस्किल भएको कुसबन्ध्या समुदायका अगुवाहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?