ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
अस्पतालका चिकित्सक तलबबिहीनः

पर्खाल–पार्किङ्गमा रमाउँदै प्रदेश सरकार

मासिक ४० लाख आम्दानी आउने स्थानमा निःशुल्क पार्किङ्ग स्थल बनाइएको छ । बार्षिक ९ करोड आम्दानी आउने स्थानमा पर्खाल लगाएर प्रदेश सरकार रमिता हेरिरहेको छ । विशेषज्ञ चिकित्सक सबै स्वाथ्यकर्मी असारदेखि तलबविहीन छन् ।
५ भाद्र २०८०, मंगलवार
५ भाद्र २०८०, मंगलवार

बुटवल, ४ भदौ । अस्पतालको नियमित आम्दानीको स्रोतको रूपमा रहेका सटर, व्यवसायिक पसल र पेट्रोल पम्प भत्काएर सौन्दर्य कायम गर्ने भन्दै प्रदेश सरकारले डोजर लगाएको पनि ४ बर्ष पुरा भएको छ । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले व्यवसायिक सटरको म्याद सकिएको भन्दै २०७६ माघ २३ गते डोजर लगाएको थियो । सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालको सटर भत्काउनका लागि अस्पतालसँग समन्वयन गरेका थिए ।

तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले सटर भत्काउनु अघि १३ करोड रूपैयाँ सोधभर्ना गर्ने भन्ने बाचा गरेको थिए । तर उनको वाचा अनुसारको रकम नियमित रूपमा अस्पताले अझै पनि पाउन सकेको छैन । कोभिड करारको लागि नियुक्ती भएका १ सय विशेषज्ञ चिकित्सक सहितका १ सय ९३ जना स्वाथ्यकर्मी असारदेखि यता तलब विहीन छन् । गत बर्ष उनीहरूको अस्थायी करार स्वीकृत गरी तवल दिएको प्रदेश सरकारले यो बर्ष भने कुनै पनि निर्णय गरेको छैन ।

कोभिड कारारमा अस्पतालमा भर्ना भएका चिकित्सकदेखि लिएर स्वाथ्यकर्मी, प्राविधिकहरू तवल विहिन अवस्थामा अस्पतालका विभिन्न विभागमा काम गर्दै आएका छन् । यो विषयमा प्रदेश सरकारले ठोस निर्णय गरेको छैन । अस्थायी मात्रै होईन स्थायी कर्मचारीहरू समेत साउन र भदौ महिनाको तलब विहीन भएका छन् ।

 

अस्पतालमा अहिले दैनिक २ हजार भन्दा बढि बिरामी उपचारका लागि आउने गरेका छन् । तर ती बिरामीको सहज रूपमा उपचार हुन सकेको छैन । बिना तलबका कर्मचारीहरूबाट सेवा प्रवाह अपेक्षा गर्नु मुर्खता जस्तै हो । यसमा प्रदेश सरकारले रमिता हेर्दै बसेको छ ।
प्रदेश सरकारले प्रदेशकै गौरवको अस्पताल बनाउने भनेर गुरुयोजना बनाएको बर्षौं भएपनि सरकार नै भवन निर्माणमा ठेक्का दिँदा कमिसनमा मुछीएपछि अहिले भवन निर्माणको कुनै नाम निसान छैन । अस्पतालको स्वीकृत बेड ४ सय भएपनि ५ सय वटा बेडबाट विरामीको उपचार गर्दा चाँप थेगी नसक्नुभएको कारण २ देखि ३ जना सम्म विरामी राखेर उपचार भैरहेको छ ।
प्रदेश सरकारले बार्षिक ८ करोड रूपैयाँ भाडामा आउने अस्पतालको पुर्व र उत्तर तर्फका व्यवसायीक सटर हटाएर अहिले पर्खाल लगाएको छ । त्यहि पर्खाल हेर्दैमा सरकार मख्ख छ , सरकारका कर्मचारीहरू पनि मख्ख नै छ । ‘एक पटक क्षतीपुर्ती बापतको रकम दिन सकिन्छ पटक पटक रकम दिन कहाँ सकिन्छ’ भन्दै प्रदेश मन्त्रालयका कर्मचारीहरू समेत कानूनी बाटो खोजीरहेको पाइएको छ ।
कुनै पनि कार्यविधि, नियम विना नै बार्षिक १३ करोड दिने भन्दै सरकारले डोजर लगाएर भत्काएको सटरको अन्तीम समयमा आएर ११ करोड मात्रै दिने कुरा भएको थियो । सोही अनुसार झन अघिल्लो आर्थिक बर्षमा पटक पटक गरेर ६ करोड रूपैयाँ जति कम दिए पनि गत आर्थिक बर्षमा भने त्यो रकम प्रादेशिक अस्पतालले पाएको छैन ।

व्यवसायिक सटर हटाएपछि सोधभर्नाको रूपमा अस्पताललाई लुम्बिनी प्रदेश सरकारले बार्षिक रूपमा १३ करोड दिने कुरा भएपनि सरकारले ७ करोड रूपैयाँ घटाएर जम्मा ६ करोड रूपैयाँ मात्रै उपलब्ध गराउँदै आएको थियो । अस्पतालको उत्तर तर्फ रहेको जग्गामा पेट्रोल पम्प सहितका होटल तथा रेष्टुरेन्ट ईलेक्ट्रीक पसलहरू रहेका थिए । जसबाट अस्पतालले मासिक ३० देखि ४० लाख रूपैयाँ आम्दानी गर्दै आएको थियो । अहिले त्यो स्थान खाली छ । त्यहाँ निशुल्क पार्किङ्ग गरिँदै आएको छ । मासिक ४० लाख सम्म आम्दानी हुने स्थानबाट अहिले ‘एक सुको पनि नआए’को अस्पताल प्रशासनको भनाई छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रसासन शाखाका नायव शुब्बा चिरन्जीवि घिमिरेका अुसार सुरुमा सटर विस्तापित गर्दा लुम्बिनी प्रदेश सरकारले १३ करोड रूपैयाँ बर्षिक रूपमा दिने मौखिक कुरा भएको थियो ।
तर सरकारले सोधभर्ना गर्दा अघिल्ला आर्थिक बर्षमा जम्मा ६ करोड रूपैयाँ मात्र दिएको हो । तर गत बर्ष भने सरकारले भने एक रूपैयाँ पनि नदिएको उनको भनाई छ । अस्पताल विकास समितले सटर , पार्किङ्गबाट आएको रकम बाट १० प्रतिशत गरिब, बिपन्न परिवारको उपचारको लागि भनेर विनियोजन गर्दै आएको तर अहिले रकम नआएको कारण त्यो काम समेत प्रभावित भएको छ ।

प्रदेश सरकराले सटक विस्तापित गरेबापत दिने भनेको रकम सोधभर्ना गरेको छैन भने अर्को तर्फ ओपीडी बेड र टिकट निःशुल्क गरेको छ । ओपीडीबाट टिकट र बेड बाट आउने रकम अस्पतालको आम्दानीको नियमित स्रोतको रूपमा रहेपनि अहिले त्यो रकम आम्दानीमा छैन ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुर्दशन थापाका अनुसार गत २ महिना देखि सबै कर्मचारीहरूको तवल रोकीएको छ भने कोभिड करारका कर्मचारीहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने वा विदान गर्ने भन्ने विषयमा प्रदेश सरकराले ठोस निर्णय गर्न सकेको छैन । उनी भन्छन्–‘सबै कर्मचारीहरू २ महिना देखि तवल विहिन हुनहुन्छ, कोभिड करारका कर्मचारी को अवस्था पनि उहि हो, सोध भर्ना बापत को रकम अघिल्लो बर्ष पनि आएन ।’

प्रदेश गौरवको योजना अलपत्र

प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लिएको यो अस्पतालकोे नयाँ गुरुयोजना १०० बर्षका लागि सेवा दिन सकिने गरी वि.स. २०७६ साल चैत ४ गते तत्कालिन प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतम नेतृत्वको सरकारले सरकारलाई गुरुयोजना ‘कागज बनाएर’ बुझाएको थियो । प्रदेश योजना आयोगले प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तयार पारेर बुझाएको पनि ४ बर्ष पुरा भएको छ । गुरुयोजना बुझाएको ४ बर्षमा गुरुयोजनको ‘सिन्को भाँच्नेकाम’ समेत भएको पाइएको छैन । गुरुयोजना अनुसार अस्पतालको संरचनाका लागि १४ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

मुख्य भवन १० तला बनाउने, अस्पतालको छतमा हेलिप्याडसमेत बनाउने गरी १२ सय शैयाको अस्पताल बनाउने परिककल्पना गरिएको यो अस्पतालको भवन निर्माणमा सेटिङ्ग भएको कारण गत बर्ष प्रदेश पुर्वाधार प्राधिकरण विवादमा परेको थियो । जसको कारण ठेक्काको काम अहिले सम्म पनि अगाडी बढ्न सकेको छैन । प्रदेश सरकार मातहतमा रहेको प्रादेशिक अस्पताल भवन निर्माण ठेक्कामा प्रदेश पुर्वाधार प्राधिकरणले ‘सेटिङ्गमा’ ठेक्का दिन लागेको खुलेपछि अहिले ठेक्का प्रक्रिया नै रद्ध छ । अस्पताल लाई प्रदेश गौरवको योजना बनाउने गरी ३ बर्षका भवनका केही संरचना निर्माण भैसक्नुपर्ने हो तर अहिले सम्म पनि जग हाल्ने काम समेत भएको छैन । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट हुने गरी गुरुयोजना निर्माण गरी प्रदेश योजना आयोगले लुम्बिनी प्रदेश सरकारालई बुझाएपनि त्यो गुरुयोजनाको फाईल अहिले कहाँ छ? भन्ने विषयमा प्रदेश सरकार नै अनविज्ञ छ ।

प्रदेश सरकारको मुख्य योजनाको रूपमा अस्पताललाई विशिष्टकृत सेवा दिने स्तरको रूपमा विकास गर्न मुख्य भवन भएको ठाउँमा १० तले ७०० वेड क्षमताको अत्याधुनिक भवनको निमार्ण कार्य यथाशिघ्र अघि बढाउन आवश्यक रहेको अस्पतालका मेसु डा. सुर्दशन थापा बताउँछन् । हाल लुम्बिनी प्रादेशिक अस्पतालमा प्रशुती तथा बालरोग भवन सञ्चालनमा छ भने महिला तथा प्रसुती इमर्जेन्सी, ओ.पि.डि, वार्ड संचालनमा आइसकेको छ भने ओ.टि, पिडियाट्रिक वार्ड, एन.आई.सि.यु र पि.आई.सि.यु सोही विल्डीङ्गमा तयारी अवस्थामा रहेको छ ।
ब्लड बैंक निरको खाली जग्गामा बन्ने भनिएको लुम्बिनी ट्रेड कम्लेक्सको ठाउँमा अहिले पाकीङ्ग व्यवस्थापन गरिएको छ । जुन कम्लेक्स सञ्चालन गरी सोही कम्लेक्सको भाडाबाट आउने रकम बाट लुम्बिनी प्रादेशिक अस्पतालको आर्थिक अवस्था सुधार गर्ने गरी योजना ल्याइएको भएपनि अहिले सम्म यो काम सुरु भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?