Butwal Today

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

४ भाद्र २०८०, सोमबार
अ+
अ-

काठमाडौँ, ४ भदौ ।

सरकार नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभा गर्ने भएको छ।

आज बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय (आलोकनगर) मा  बसेको मोर्चाको बैठकले आगामी भदौ ८ देखि प्रदेशस्तरीय घोषणासभा गर्ने निर्णय गरेको हो।

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवका अनुसार ८ गते वीरगन्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा सभा आयोजना गरिनेछ।

यस्तै १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटनगरमा सभा आयोजना गरिने बताइएको छ।

समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्।

उनीहरूले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए।