ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नवलपुरमा पहिलो सर्प महोत्सव

४ भाद्र २०८०, सोमबार
४ भाद्र २०८०, सोमबार

नवलपुर, ४ भदौ ।

नेपालमै पहिलो पटक पुर्वी नवलपरासीको नवलपुरमा ‘नेपाल सर्प महोत्सव’ भएको छ । नागपञ्चमी पर्वको अवसर पारेर सर्प महोत्सव आयोजना गरिएको हो । नेपाल टक्सिनोलोजी संघको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय, नवलपुर र मध्यविन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा आइतबारदेखि सुरु भएको महोत्सव दुई दिनसम्म चल्ने बताइएको छ ।

सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाईका बारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनु परेकोले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको सर्प संरक्षणकर्मी तथा नेपाल सर्प महोत्सव मूल आयोजक समितिका निर्देशक कमल देवकोटाले जानकारी दिए ।

महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणका बारेमा जानकारी दिने विभिन्न स्टलहरु पनि राखिएको छ । नेपालमा कति प्रकारका सर्प छन्, कति विषालु हुन्छन् भनेर छुट्टाउने र सर्पले टोकीहालेमा के गर्ने, के नगर्ने भन्ने बारेमा पनि जानकारी दिइने देवकोटाले बताए । महोत्सवमा जिवित सर्पको प्रदर्शनी समेत गरिएको थियो ।

सर्प कति विषालु हुन्छन् ?

भेरी अञ्चल अस्पताल नेपालगञ्जका सिनियर कन्सल्ट्यान्ट एवं स्नेक बाइट म्यानेजमेन्टका फोकल पर्सन डा. कृष्णप्रसाद आचार्यका अनुसार अधिकांश सर्प विषरहित हुने भएकाले सर्पले टोकिाहालेमा आत्तिनु हुँदैन । ‘२० प्रतिशत सर्पमा मात्र विष हुन्छ, ८० प्रतिशत सर्प विषरहित हुन्छन् त्यसैले सर्पले टोक्दैमा आत्तिनु हुँदैन र विषालु सर्पले नै टोकिहालेमा पनि २० प्रतिशतले विष फाल्दैन । अर्थात ‘ड्राइ बाइट’ हुन्छ आचार्यले बताए ।
विषालु सर्पले टोकेमा के गर्ने ?

डा. आचार्यका अनुसार विषालु सर्पले टोकेर विष फालिहालेमा अहिले देशभर दर्पदंसको उपचारका लागि एक सयभन्दा बढी ठाउँमा उपचार केन्द्रहरु छन् । सर्पदंसबाट मर्ने दर निक्कै कम भएको छ । पहिले १०÷१२ प्रतिशत हुने गरेकोमा अहिले दुई प्रतिशत मानिस सर्पदंसबाट ज्यान गुमाउने गरेका उनको भनाई छ ।

सर्पले टोकेमा त्यसलाई नमार्ने, टाढाबाट फोटो खिच्ने वा घेरेर राख्ने र सर्प विज्ञ बोलाएर सर्प पहिचान गर्ने गर्नु पर्छ । सर्पले टोक्ने वित्तिकै टोक्ने, काट्ने, चुस्ने गर्नु हुन्न । उपलब्ध छ भने मेडिकल ब्याण्डेजले बाध्ने र जति सक्दो सर्पदंशको उपचार हुने अस्पतालमा विरामीलाई पुर्याउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?