ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
विचार

देशलाई जातीय कलहको दलदलमा पुर्याउने प्रयास

४ भाद्र २०८०, सोमबार
४ भाद्र २०८०, सोमबार

सनातन वैदिक राष्ट्र नेपालमा विभिन्न जातजातीका मानिसहरू परापूर्वकालदेखि आनन्दसँग जीवनयापन गरिरहेका थिए । धर्मले यिनीहरूलाई जोडेको थियो । सबै आ–आफ्ना कर्मप्रति बफादार थिए । ब्राह्मण भन्नेहरूले लोभ नगरिकनै धर्मले बताए अनुसार बैदिक यज्ञ अनुष्ठानादी कर्म गर्दथे । अरू वर्णका मानिसप्रति पनि उत्तिकै सम्मानसाथ भेदभावरहित र मोजमजाकरहित तपोमय जीवन उनीहरूको वित्दथ्यो । त्यस्तै क्षत्रीयहरू पनि आफ्ना काममा उत्तिकै बफादार थिए । देशको शासन व्यवस्थामा उनीहरूको ध्यान थियो । मातृभूमिप्रति कुनै आततायी वा विधर्मीले गिद्धे नजर लगायो भने मात्रपनि उनीहरूले आफ्नो कर्तव्य पूरा गरी देशको रक्षा गर्दथे । वैश्यहरूले पनि यस्तै प्रकारले नै आफ्नो कर्तव्य निर्वाह गर्दै आएका थिए । खेतीपाती एवम् व्यापारबाट देशको ढुकुटी बृद्धिका लागि रातदिन लागिपरेका हुन्थे । शूद्र बर्णका मानिसहरू त झनै आफ्ना काममा कटिबद्ध थिए । मान, अपमान आदिबाट टाढा भएर सबैको हृदयमा ईश्वरको रूप देखेर सेवा गर्नु उनीहरूको काम थियो । शूद्रभित्रपनि छालाको काम एउटा गर्ने, सुनको काम अर्कोले गर्ने, तामाका भाँडा एउटाले बनाउने, फलामका भाँडा फेरि अर्कोले बनाउने, माटाका भाँडा पनि फेरि अर्कोले बनाउने आदिको कार्य विभाजन थियो । यी सबै वर्णहरू कामका आधारमा विभाजित भएपनि मन र व्यवहारका आधारमा विभाजित नै थिएनन् । ब्राह्मणलाई म ठूलो या शूद्रलाई म सानो भन्ने भावना नै थिएन । सबै आ–आफ्नै कर्ममा ठूला थिए ।

ब्राह्मणले अरू वर्णकालाई उत्तिकै सम्मान गर्थे भने अरू वर्णकाले पनि आ–आफूमा विना भेदभाव व्यवहार गर्ने गर्दथे । अहिले जस्तो स्कुलमा गएर अक्षर चिन्ने नाममा भेद चिन्ने पढाई उनीहरूको थिएन । आ–आफ्नै घर घरमा गुरुकुलहरू थिए । आफूभन्दा ज्ञान बृद्धबाट पूर्ण रोजगारमूलक शिक्षा उनीहरूले लिन्थे । यस किसिमको शिक्षाले उनीहरूको जीवनचर्या चल्ने गरेको थियो । सबैले शास्त्रशिक्षा, शस्त्रशिक्षा, कृषि–व्यापारशिक्षा, उद्योग शिक्षा आफ्नो वर्ण बिभाजन अनुसार नै लिन्थे । सबै सुखी थिए । भेदभावरहित वैदिक शिक्षा पाएका जनता सबै आनन्दित थिए । त्यो समयमा सबैले विष्णुमय कर्म गर्दै बुद्धत्व प्राप्त गरी शिवमय बन्ने लक्ष्य राख्दथे । आ–आफ्ना कर्म नै ईश्वर पूजा थिए ।
कालान्तरमा विभिन्न कारणले उनीहरूले आ–आफ्ना कर्म गर्न भन्दापनि एक अर्काप्रति ईष्र्या गर्न लागे । बेद पढ्न छोडेर मपाईँत्वले युक्त भेद शिक्षा पढ्न थाले । यसले गर्दा मानव–मानवबीच भेदभाव उत्पन्न हुनपुग्यो । वेदको मर्म भुलेर एक आपसमा लड्न लागे । कामकालागि विभाजित वर्ण व्यवस्थाभित्र रहेर आफ्नो धर्म अनुसार कर्ममा लागेकाहरू विभिन्न जातजातिमा विभाजित हुन पुगे । यस किसिमले धर्म र कर्मबाट भ्रष्ट भएका मानवहरूलाई मिलाउन बेलाबेलामा बुद्ध, शंकराचार्य, रामानुजाचार्य आदि ईश्वरांश पुरुषहरूको जन्म हुन पुग्यो । उहाँहरूले केही त मिलाएर जानुभयो । तर समाज पुनः उस्तै अवस्थामा पुग्यो ।

यस किसिमको अवस्था देखेका विदेशीहरूले यहाँको शासन व्यवस्था आफ्ना हातमा लिनका लागि यहाँका जातजातीलाई विभिन्न प्रलोभनमा उक्साउन लागे । यसैपनि पहिलेदेखि विभाजित उनीहरू बीचबीचमा अझै ठूला–ठूला द्वन्द्व सिर्जना गराउनपुगे । फेरि यही द्वन्द्वलाई मिलाउने नाममा यहाँ आएर बसी यहाँ विग्रेको त तिमीहरूले परापूर्व कालदेखि मान्दै आएको धर्मले भनेर धर्म परिवर्तन गराउन लागे । यस्तो अवस्थामा पनि पृथ्वीनारायण शाह र योगी नरहरिनाथ आदि महापुरुषहरूका भाषा हामीले बुझ्न सकेनौँ । धार्मिकका नाममा आफ्ना पसल चलाउनेहरूका पछाडि मात्र हामी रिङ्न पुग्यौँ । स्वर्ग नर्कका नाममा हामीमा भेद सिर्जना गराएर हाम्रो वित्तहरण गराउनेहरूलाई साक्षात् ईश्वर मानी सबै धर्म एउटै हो भन्दै विस्तारै विस्तारै आफ्ना पिता पुर्खादेखि मान्दै आएको कर्मवाद छोडी भाग्यवादका पसलमा हराउन पुग्यौँ । यस्तो अवस्थामा हाम्रो देश कब्जा गर्न आइपुगेका विदेशीहरूले पनि जातीय नारा भिराएर यहाँका केही समुदायलाई जङ्गल पठाई द्वन्द्व मच्चाए । सुधारका नाममा भएका त्यस किसिमका द्वन्द्वले देशलाई भावनात्मक रूपमा टुक्रायो र ती द्वन्द्वकारहरूले विभिन्न जातजातीका नामका राज्यको समेत माग गराउन सिकाई पुनः शान्ति प्रक्रियाका नाममा राज्यव्यवस्था मै प्रतिनिधित्व गराए । शान्ति प्रक्रियापछि देश शान्त होला भनी पर्खेका नेपाली जनता जातीय द्वन्द्वका कार्यबाट पुनः दुःखी हुन पुगे ।

तर, केही समयपछि नेपाली जनताको भगवान् पुकारले केहीकाम गरेछ क्यारे ती जातीय राज्यका पक्षपोषकहरूको केही बुद्धि आएको अनुभूति नेपाली जनतालाई भयो । उनीहरूले भन्दै गरेका जातीय राज्यका वकालत छोडेर उनीहरूले नेपालका लागि आवश्यकता नै नभएका प्रदेशका नामकरण पनि मधेश प्रदेशलाई छोडेर सबै जनताको प्रतिनिधित्व हुने गरी नै यहीँका नदीनालाका आधारमा गराए । जातीय एवम् क्षेत्रीय द्वन्द्व गराउन तत्पर रहेका पार्टीहरू पनि आफ्ना पार्टीहरूलाई राष्ट्रियकरण गराए । आफ्ना पार्टीमापनि सबै नेपाली जनतालाई प्रतिनिधि बनाए । यसरी जनताले पनि यी देशलाई द्वन्द्व गराउनेहरूको बुद्धि फिरेछ क्यारे भनी केही आरामपनको महसुस केही मात्रामा भएपनि गरे ।
अब फेरि नयाँ सरकारको गठनपछि जनताले उही पुरानै खालको जातीय द्वन्द्वमा देश जाने हो कि भनेर शङ्का गर्न थालेका छन् । उही पुरानो रोग नेपाललाई लागेको महसुस भएको छ । त्यत्रा जनताका प्रतिनिधिहरूको बहुमतले नामकरण भएको, जसमा अधिकांश प्रतिनिधि बर्तमान सरकारसँगै सम्बन्धित थिए, हालको सरकारले जातीयताका अनावश्यक कुरा ल्याएर फुटाउन खोज्नेलाई कानुनको दायरामा ल्याउनु त कता हो कता उल्टो उनीहरूलाई नै सहयोग गरिरहेको छ । उही पुरानो जातीय रोग मात्र नभई अझ अहिले त धर्मका नाममा पनि लडाउने विदेशी योजनाको पनि सरकार पृष्ठपोषक भएर उभिएको छ । हिन्दू भएर रहेकालाई बौद्ध बनाउने, बौद्ध भएकालाई किरात हौ भन्ने र किरात भएकालाई तिमीहरू त क्रिश्चियन हुनुपर्छ भनेर धार्मिक द्वन्द्व समेत गर्न गराउने उही पुरानो रोगले देश ग्रसित भइरहेको अवस्था अहिले देखिएको छ । धर्म निरपेक्षताका नाममा जातीय द्वन्द्वका साथ धार्मिक द्वन्द्व गराउन पनि लागिपरेको विषय त अहिले आएर हामी सामु जगजाहेर भइसकेको छ । कोशी प्रदेशका विभिन्न स्थानमा भारतको मणिपुरमा भइरहेको जातीय आन्दोलनको प्रभाव परिरहेको छ । जातीय राज्यका नाराहरूले प्रदेशमा कोलाहल मच्चिएको छ ।

विभिन्न जातजातीहरू मिलेर बसेको कोशी प्रदेशका साथ धरानपनि जातीय एवम् धार्मिक द्वन्द्वबाट ग्रसित छ । यस किसिमका नारा अरू प्रदेशमा पनि लाग्न सक्ने सम्भावना बढेको छ । केही अति नगण्य राम्रा काम गरेको भनिएर प्रचारमा रहेका सरकार प्रमुखले आफ्ना सरकार बचाउने नाममा जस्ता पनि देश विरोधीहरूसँग सम्झौता गर्दै हिँडिरहेको अवस्था देखिएको छ । अझ विशेषतः यो जातीय आन्दोलनको अभिभावकत्व त प्रधानमन्त्रीज्यूले नै गरेको विषय आदिवासी दिवसका दिन २०८४ को चुनावमा बहुमत आए अरू प्रदेशको पनि नामकरण जातीय आधारमा गराउने भन्ने प्रतिबद्धताबाट पनि प्रमाणित भएको छ । देशका प्रधानमन्त्रीले यस किसिमका जातीय द्वन्द्वका कुरा गर्दा समेत आफूलाई प्रजातन्त्र र देश सुहाउँदो धर्म, संस्कार, संस्कृतिको हिमायतीको ठेक्का लिने सरकार सहयोगी पार्टीका प्रमुख पनि मौनावस्थामा नै हुनुहुन्छ । त्यसैले देशको यस किसिमको जातीय द्वन्द्वबाट मुक्तिका लागि हामीजनता नै हाम्रा पूर्वजहरूको त्याग तपस्यालाई सम्झिई आफ्नो धर्म, संस्कारमा रम्दै आफ्नै मातृभूमिको सेवाको लागि कटिबद्ध हुनुपर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?