Butwal Today

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

३ भाद्र २०८०, आइतबार
अ+
अ-

बुटवल,३ भदौ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरूबीच कुरा नमिलेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै मंगलबार ३ बजे बस्ने जनाइएको छ ।

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूबीचको सिंहदरबार छलफलमा पनि कुनै सहमति भएन । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको अडान काममै राखेपछि भोलि फेरि बस्नेगरी आजको बैठक सकिएको छ ।

एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै साउन १० गतेबाट निरन्तर संसदमा आवाज उठाउंदै आइरहेको छ ।