ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

जंगली बँदेलले मकै सखाप पारेपछि किसान चिन्तित

३ भाद्र २०८०, आइतबार
३ भाद्र २०८०, आइतबार

दाङ, ३ भदौ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानी खोलाका खिमबहादुर बिकलाई वर्षेनी बँदेलले गर्ने क्षति व्यहोर्नु पर्छ । लामो खडेरी झेल्दै जेनतेन खेती गरेको मकै फल्ने समयमा विगत जस्तै यो पटक पनि समस्या भोग्नु परिरहेको छ । बँदेलले मकैका बोट खाइदिएर सबै ढलाएको छ ।

बंगलाचुली गाउँपालिका –४ गदारीका पे्रम बुढामगरको १५ रोपनी जग्गामा गरिएको खेती खाएर बँदेलले हैरानी बनाएको छ । जंगली बँदेलका कारण अन्नबाली जोगाउन निकै चुनौती रहेको बताए । बँदेल धपाउँदैमा हिजोआज समय बित्ने गरेको छ । साँझपख बारीतिर पस्ने, रातभरि मकै खाएर बिहान जंगल छिर्ने बँदेलको पनि दैनिकी बनेको छ ।

तुलसीपुर उपमहानगरपालिका –७ का विभिन्न स्थानमा बँदेलले मकै बारीमा क्षति गरेको स्थानीय सावित्रा अर्यालले बताइन् । वर्षामा अरु बाली नफल्ने ठाउँमा छरेको मकै बँदेलका लागि छरे जस्तो भएको उनको भनाई छ । १० कट्ठा बारीमा लगाएको मकै बाली बँदेलले सबै सखाप पारेको छ । जंगल छेउँका बस्तीमा जंगली बँदेलको बिगबिगी छ । लगाएका अन्नबाली कसरी जोगाउने भन्नेमा स्थानीय समस्यामा पर्ने गरेको बताए ।

यस्तै सोही वडाको गणेशपुर, तमाखे, घुसरी, तुलसीपुर –४ को मजुवा, रक्षाचौरमा बँदेलले मकै बालीमा क्षति पुर्याएको स्थानीयको दुःखेसो छ । “बँदेलले मकै बाली क्षति पुर्याउन थालेपछि रातभर बँदेल धपाउन थाल ठटाउनु पर्छ, साँझमा आएर कति बेला खान्छ पत्तै हुन्न”, अर्यालले बताइन् । मकै खान ठुलाठुला बँदेल आउने भएकाले त्यसले मान्छेलाई पनि आक्रमण गर्छ भन्ने त्रास छ ।

सरकारले वन्यजन्तु मार्न रोक लगाए पछि जंगली जनावरको आतंक बढेको छ । मानव बस्तीमा जंगली जनावरको उपस्थिति बढ्दा मानवीय जोखिम थपिनुका साथै बालीनाली संरक्षणमा चुनौति थपिएको छ ।

जिल्लाको घोराही उपमहानगरपालिका बिभिन्न वडा, तुलसीपुर उपमहानगरपालिकाको विभिन्न वडा, दंगीशरण गाउँपालिकाको विभिन्न वडामा जंगली बँदेलको आतंक छ । राजपुर गाउँपालिकाको सीमावर्ती क्षेत्र, गढवाकोे बिभिन्न वडा, बबई गाउँपालिकाको वडा नम्बर ४, ६, ७ नम्बर वडामा बँदेले क्षति पुर्याएको छ ।

सरकारले जंगली जनावरले बालीमा क्षति पुर्याए राहत दिने भएको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० ले यो व्यवस्था गरेको हो । यो सँगै बालीमा क्षति पुर्याउँदा राहत पाइने वन्यजन्तुको संख्या सात पुगेको छ । बाँदर, नीलगाई, हात्ती, गैँडा, भालु, जंगली बँदेल र अर्ना भैँसीले बालीमा क्षति पुर्याए राहत पाइने भएको हो । वन्यजन्तुबाट हुने विभिन्न किसिमको क्षतिको राहत वितरण निर्देशिका सूचीमा वन्यजन्तुको संख्या पनि १६ पुगेको छ ।

अनुमति प्राप्त प्रकृति पथप्रदर्शकलाई वन्यजन्तुले आक्रमण गरी मृत्यु भएमा, गम्भीर घाइते भएमा वा सामान्य घाइते भएमा राहत पाइने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार राष्ट्रिय निकुञ्ज वा आरक्षबाहेक अन्य क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी घरपालुवा पशुको मृत्यु भएमा र निजी जमिनमा खनिएको पोखरीमा पालन गरेको माछा तथा खोरमा पालिएका कुखुरालाई क्षति पुर्याएमा राहत पाइने छ ।

निर्देशिका बमोजिम वन्यजन्तुबाट भएको क्षतिको राहतका लागि आवश्यक कागजात संलग्न गरी राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रका हकमा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रको कार्यालय निवेदन दिनु पर्नेछ । त्यस्तै अन्य क्षेत्रमा भए सम्बन्धित डिभिजन कार्यालयमा निवेदन दिनुपर्ने छ । निवेदन भएको एक महिनाभित्र क्षतिपूर्ति पाइने निर्देशिकामा उल्लेख छ ।

जंगली जनावरबाट हुने जोखिमबाट स्थानीयले राहत पाउने देखिएको छ । तर, वन्यजन्तुबाट हुने जोखिम कम गर्ने योजना पनि ल्याउन आवश्यक रहेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?