ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

सिंचाई नाला निर्माणमा सामुदायिक वन र पालिका सक्रिय

३ भाद्र २०८०, आइतबार
३ भाद्र २०८०, आइतबार

चन्द्रौटा (कपिलवस्तु) ३ भदौ ।  “खेतबारीमा पक्की नाला आएपछि मौसम सुख्खा भएपनि खेतीपाती गर्न पाएँ । समयमा पानी नपर्दा समस्या हुँदै आएको थियो । पक्की नाली निर्माण भएर सिँचाईको व्यवस्थापन हुँदा यस वर्ष समयमा व्याड राखेर अन्नबाली लगाउन पाइयो” कृषक गोविन्द प्रसाद बन्जाडेले भने ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर–९, भर्तापुर घर भएका बन्जाडेले यस वर्ष समयमा व्याड राख्न पाएको बताउँछन् । यतिबेला उनको खेतमा धान हुर्कीएर हरिया भएका छन् । खेतको कुना कुनामा सिँचाई गर्न नालाको व्यवस्था भएपछि भर्तापुर, जिनुवाका कृषकहरू लाभान्वित भएका छन् । पहिला बोरिङबाट पानी ल्याउन नाला थिएन । अहिले खोलाको पानी खेतसम्म आएको छ । खेतसम्म पानी लैजाने नाला बनेपछि तरकारी, अन्नबालीलाई फाईदा भएको कृषक बन्जाडेले बताए । निर्माण भएका नालामा खोला र साना ठूला ट्युववेल र बोरिङको पानी र शाखा कुलाको पानीसमेत लैजान मिल्ने भएकाले सुक्खायाममा पनि सिंचाई हुने अर्की कृषक सीता भुसाल बताउँछिन् ।

वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वन र स्थानीय सरकारले पानी बग्ने नाला निर्माण भएपछि कृषकहरूलाई सिँचाईमा सहज भएको बताए । अमृते सामुदायिक वन, कोइलीचौर साना किसान सामुदायिक वन र स्थानीय सरकारको संयुक्त लगानीमा विभिन्न खण्डमा गरी करिब ३ किलोमिटर नाला निर्माण भएको छ ।

वडा अध्यक्ष पौडेलका अनुसार नाला निर्माणपछि कोइली खोलामा रहेको बाँधको पानीलाई समेत खेतसम्म पुग्ने भएको छ ।
खोलामा पानी कम हुँदा बोरीङको पानी मिसाउने गरी नाला निर्माण भएको हो । अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले सामुदायिक वनले गत आर्थिक वर्षमा २१ लाख ८५ हजार रकम नाला निर्माणमा खर्च गरेको जनाए । सो रकमले ९ सय ६ मिटर सहायक नाला निर्माण गरिएको बताउँदै कृषको समस्यालाई मध्यनजर गर्दै सिँचाई हुने गरी नाला निर्माण गरिएको छ ।

यस्तै कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसालले सिँचाई गर्न १ हजार ७० मिटर नाला निर्माण गरेको बताए । गत आर्थिक वर्षमा सामुदायिक वन र पालिकाको ३० लाखको लागतमा नाला निर्माण गरिएको उनले बताए । पक्की नाला नहँुदा समस्या हुँदै आएको थियो । त्यहि समस्या समाधान गर्न सामुदायिक वन र स्थानीय सरकारको लगानीमा सिँचाई प्रयोजनमा लगानी गरेको स्थानीय बताउँछन् । सडक किनारदेखि कृषकको खेतबारीसम्म नाला पु्याइएको वनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?