ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
बुटवलमा मिडिया सम्मेलनः

‘मिडिया बाँचे सरकार बाँच्छ’

२ भाद्र २०८०, शनिबार
२ भाद्र २०८०, शनिबार

बुटवल, २ भदौ । बुटवलमा प्रादेशिक मिडिया सम्मेलन भएको छ । सम्मेलनको प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शुभारम्भ गरे । प्रकाशन तथा प्रशारण संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताए । उनले राजनीतिक परिवर्तनमा मिडियाहरूको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाहरू बलियो भए मात्र सरकार बलियो हुने बताए । ‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ, तसर्थ मिडियाहरू बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ’– मुख्यमन्त्री चौधरीले भने–‘मिडियाहरूले सरकारको गुणगान गाउनु पर्दैन,आलोचनात्मक लेख्नुस् तर कसैलाई सिध्याउने गरी मिडिया लाग्नुहँदैन ।’

मिडियाको सबलीकरणमा प्रदेश सरकार साथमा रहेको भन्दै उनले सरकारको प्राथमिकता विकास र समृद्धि भएकाले त्यसमा साथ दिन उनले सञ्चारमाध्यमलाई आग्रह गरे । प्रदेश सरकारले वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य रहेको र प्रदेशभरि त्यसको संभावना रहेको उनले दाबी गरे । ‘हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिवासी जनजातिका संस्कृतिहरू र प्रशस्त हिल स्टेशनहरू छन’–चौधरीले भने–‘प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि छलफल गरिरहेको छ ।’
व्यक्तिगतरूपमा अनुदान माग्न नआउन आग्रह गर्दै मुख्यमन्त्री चौधरीले सञ्चार संस्थालाई संस्थागतरूपमा मात्रै अनुदान रकम दिने सरकारको नीति रहेको स्पष्ट पारे ।

सम्मेलनमा प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया बाँचे भने मात्रै सरकार समेत बाँच्ने भएको कारण मिडियालाई हेर्ने दृष्टिकोणमा सरकारले सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताएका थिए ।

अग्रज पत्रकारहरू कनकमणि दीक्षित, युवराज घिमिरे, डा. बालकृष्ण चापागाई लगायतले सञ्चार माध्यमहरूले बहुआयामिक चुनौतिहरूको सामना गरिरहेको उल्लेख गरे । मिडियामा पछिल्लो समयमा आर्थिक मन्दीको असर परेको भन्दै उनीहरूले संकटमा रहेका मिडिया जोगाउने दायित्व संघ, प्रदेश र स्थानीय सरकारको रहेको कुरामा जोड दिएका थिए ।

सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चार उद्यमी र पत्रकारहरूको सहभागिता रहेको छ । सम्मेलनले मोफसलका मिडियाहरूको सबलीकरण,पत्रकारहरूको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरूपता लगायतका विषयमा बसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?