ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सल्यानमा अझै तुईनकै भर

२ भाद्र २०८०, शनिबार
२ भाद्र २०८०, शनिबार

सल्यान, २ भदौ ।  सल्यान वनगाड कुपिण्डे नगरपालिकाका स्थानीय अझै पनि तुईनको जोखिम यात्रा गर्न बाध्य छन् । पायक पर्ने ठाउँमा पुल नहुँदा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने, विद्यार्थी, महिला बिरामी र बालबालिकाले आवतजावतमा तुईनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । बनगाड कुपिण्डे नगरपालिका–२ कुनिक, बामे, लाहाघाट, राइरा सहित छिमेकी जिल्ला जाजरकोटको छेडा नगरपालिका–१३ खाराका स्थानीय तुइनकै माध्यमबाट भेरी वारपार गर्दै आएका छन् । भेरीमा निर्माण गरेको तुइनको लम्बाई १ सय २५ मिटर रहेको छ ।
बनगाड कुपिण्डे नगरपालिका–२ का ६० वर्षीय मानबहादुर घर्तीले नदी वारपारका लागि निकै सास्ती खेप्नु परेपछि प्रत्येक घरले रकम उठाई झोलुंगे पुलको लहरा किनी तुइन बनाएको बताए । पुल नहुँदा विगतमा गाडीको ट्युब प्रयोग गरी भेरी नदी वारपार गर्न बाध्य हुँदै आएका स्थानीयलाई केही राहत भएपनि जोखिम भने उत्तिकै रहेको छ । धेरै ठाउँमा तुइन विस्थापन गरेर झोलुंगे पुल बनाइए पनि अझै केही ठाउँमा पुलको अभाव छ ।

नदीमा झोलुंगे पुल र अन्य ठाउँबाट आवतजावत गर्ने बाटो नहुँदा वर्षौदेखि तुइनबाट जोखिमपूर्ण यात्रा गर्दै आइरहेको स्थानीय डिल्ली घर्तीको भनाइ छ । अप्ठेरो बाटोबाट जोखिमपूर्ण आवतजावत गर्नुभन्दा तुइनकै सहायता लिनु आफूलाई ठिक लागेको उनको भनाइ छ । उनका अनुसार स्कुले बालबालिका, वृद्धवृद्धा लगायतलाई तुइनकै भरमा नदी वारपार गर्नुपर्ने बाध्यता छ ।

कुनिक नजिकै भेरी नदीमा झोलुंगे पुल निर्माणका लागि यो वर्ष प्रक्रिया अघि बढेको बनगाड कुपिण्डे ननरपालिका वडा नम्बर २ का वडाध्यक्ष मनबहादुर खत्रीले बताए । तुइन निर्माणका लागि व्यक्तिगत रूपमा १५ हजार नगद सहयोग गरेको र ५० हजार पर्ने झोलुङ्गे पुलको लहरालाई २५ हजारमा किनेर ल्याएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?