Butwal Today

लायन्स बेलबास सिर्जनशीलद्वारा मानवसेवा आश्रममा भोजनदान

२ भाद्र २०८०, शनिबार
अ+
अ-

बुटवल,२ भदौ । लायन्स क्लब अफ बुटवल बेलबास सिर्जनशीलले मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाएको छ । हङ्गर रिलिफ कार्यक्रम अन्तर्गत मानव सेवा आश्रम बुटवलमा आश्रितलाई क्लबले खाना खुवाएको हो । उक्त कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पीका गभर्नर अर्जुनमान सैंजू लगायतले बोल्दै लायन्स क्लबहरुले निस्वार्थ सेवाभावले मानवीय सेवाका कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा क्लबकी अध्यक्ष कल्पना भट्टराई भण्डारी,कार्यक्रम संयोजक शान्ता खनाल,कार्यक्रमलाई आर्थिक सहयोग गरेकी कल्पना शर्मा लगायतले आफ्ना भनाई राख्दै महिलाहरु मात्र आवद्ध लायन्स क्लब अफ बुटवल बेलबास सिर्जनशीलले सामाजिक कार्यमा बेग्लै पहिचान बनाएको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?