ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बेत उद्योगमा ‘भविष्य खोज्दै’

सजावट सामानसंगै प्रविधि भित्राएर चोया उत्पादनमा जोड
१ भाद्र २०८०, शुक्रबार
१ भाद्र २०८०, शुक्रबार

बुटवल, १ भदौ । पूर्वी नेपालमा बेतबासको फर्निचर सामग्रीहरू धेरै चलनचल्तीमा छ । यहाका घरहरूमा बेतबाट बनेका मुढा, कुर्चि र सजावटका सामानहरू बढीजसो प्रयोग गरिन्छ । हेर्दा निक्कै आर्कषक, हलुका यस्तो फर्निचर धेरैको रोजाईमा पर्छ । बुटवलका दुई युवाहरूले यही उद्योगलाई बुटवलमा भित्राए । सामाजिक क्षेत्रमा अग्रसर भुपेन्द्र बहादुर क्षेत्री (हरि) र नारायण वलीले सातवर्षअघि कालिकानगरमा बेतबास उद्योग खोल्ने संकल्प गरे । बिस २०७३ चैतमा नाम जुराए, अम्बिकेश्वरी बेतबास फर्निचर उद्योग । शुरुवातमा ६ लाख रूपैया उद्योगमा लगाए । बेतबास उद्योगलाई चाहिने कच्चा पदार्थ, जनशक्ति, उत्पादनको बजार बारेमा धेरै ज्ञान बिना नै हात हाले । केही समयपछि ब्यवहारमा ढलेपछि भने उनिहरूले यसको बारेमा बुझे । नेपालका पुर्वपश्चिम सबै ठाउमा पुगे ।

स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न लक्ष्यसहित सात वर्षअघि शुरु भएको दुई युवाहरूको उद्योग बिस्तारै हस्तकलाबाट सेमी अटोमेसिनसम्मको यात्रामा अघि बढेको छ । उद्योगले गति लिएको संचालक नारायण वली बताउछन । ‘बजारमा चुरि स्ट्याण्ड, बस्ने मुढा, कुर्सी, गमला स्ट्यान्ड, सोफासेट र सजावटका सामानहरू उत्पादन गरेका छौ ।’— उनले भने । कच्चा पदार्थका रूपमा उद्योगमा मुख्य दुई प्रकारका बेतहरू प्रयोग हुन्छ । भारतबाट ल्याउने मोटो (फेयगरा) बेत र नेपालकै जंगलमा पाईने पातलो बेत (पानी बेत) मुख्य हुन ।

माटो बेतलाई तताएर विभिन्न प्रकारका डिजाईन तयार गर्ने काम हुन्छ । बेतलाई तताएर पानीमा भिजाएर बङ्याउने र विभिन्न आकारमा दिईन्छ । तयार भएका समानहरूमा घाममा सुकाउने र क्लियर बारनेस लगाईन्छ । बेतमा आवश्यक पर्ने मुख्य सीप हो । अहिलेसम्म भारतीय कामदारमा भर पर्नुपरेको उनले बताए । मासिक ८० हजारदेखी एक लाखसम्म उनीहरू पारिश्रमिक लिन्छन । फर्निचरका नयाँ नयाँ डिजाईन बनाउन उनिहरू माहिर छन । नेपालमा हाल काठमाडौमा ३५, नारायणगढ २, पोखरामा २, लाहान १, बिराटनगरमा १, काँकडभिट्टा ४, बिर्तामोडमा १, बर्दियामा ५, कैलाली ३ गरि थप ५४ वटा उद्योग छन। जनशक्ति अभाव र कच्चा पदार्थको अभावकै कारण धेरै उद्योग बन्द भएका छन ।

बेतका प्रकार
उद्योगमा मुख्य दुई प्रकारका बेतहरू प्रयोग हुन्छ । भारतबाट ल्याउने मोटो (फेयगरा) बेत र नेपालकै जंगलमा पाईने पातलो बेत (पानी बेत) । पातलो बेतलाई दुई प्रकारबाट उपयोग गरिन्छ । तैयारी बस्तुमा डिजाईन निकाल्ने र कच्चा पदार्थकै रूपमा चोया उत्पादन गर्न । मोटो बेत ३ देखि ५ ईन्च मोटाईका बेतबास भारतमा निर्भर छ । भने साना बेतहरू भने नेपालकै सामुदायिक वनका अधिकास क्षेत्रमा छन । लुम्बिनी प्रदेश बाँके, बर्दिया, रूपन्देही, नवलपरासीका अधिकास जंगलमा यो उपयोग बिहिन भएका छन । केही जिल्लाहरूमा भने मिलोमतोमा भारत निर्यात भएका छन । आधा कच्चापदार्थ भारतबाट ल्याउने र आधा कच्चापदार्थ भने भारत जान्छ । अर्कोतर्फ बेतकै सबैभन्दा महँगो गौरी बेत हो । यसबाट बस्तुहरू तयार गर्दा फिनिसिङ निस्कन्छ । गौरी बेत भारतमा उत्पादन हुन्छ । नेपालमा फेयगरा बेतबाट धेरै सामानहरू तयार गरिन्छ ।

मलेसिया बराबरकै गुणस्तरमा बुटवलमा चोया उत्पादन
बेतका उत्पादनमा कच्चा पदार्थहरू भारतमात्र नभई मलेसियाबाट समेत निर्यात गर्ने गरिन्थ्यो । बेतको चोया सिगापुर हुँदै मलेसियाबाट ल्याउने गरिन्थ्यो । धेरै अध्ययनपछि बेतबाट चोया बनाउने मेशिन बुटवलमा भित्राएर उत्पादन शुरु भएको छ । सिगापुर पछि नेपालमा नै पहिलो मेशिन भएको वलीको दाबी गर्छन । ‘मलेसियाको गुणस्तरको चोया हामीले उत्पादन गर्छौ ।’—उनले भने । यसले लागत घटाएको उनी बताउँछन । मलेसियाबाट ल्याउला प्रतिकिलो १ हजार ७ सय रूपैया पर्ने चोया अहिले स्वदेशमा नै उत्पादन हुदा ४० प्रतिशत मुल्य घटेको उनी बताउछन । भारतमा समेत अहिले चोयाको माग भैरहेको उनले बताए । ‘अब बिक्रिको तयारीमा छौ ।’—उनले भने । मेशिनको प्रयोगबाट बेतको बाहिरी भाग र भित्री भागको फरकफरक उत्पादन गर्न सकिने हुँदा अहिले खेर गएका बेत पनि उपयोगी हुने उनी बताउछन । हातले बेतबाट चोया निकाल्दा भन्दा धेरै छिटोछरितो हुन्छ । अहिले यो मेशिनबाट एक दिनको एक क्विन्टल चोया निकाल्न सक्ने क्षमता छ । चोया तयार गर्ने करीब २५ लाख रुपैयाको मेशिनसहित हाल उद्योगमा ४० लाख रुपैया लगानी पुगेको छ ।

 

अन्य फर्निचरको मूल्यकै तर टिकाउ धेरै
बेतबासबाट निमार्ण गरिएको सजावटका सामानहरू आम जनमानसहरू महगो भनेपनि वास्तवमा यो त्यही महगो भने नभएको उनिको दाबी छ । ‘अहिले बजारमा अन्य फर्निचर तथा डाईनिङ सेटको मुल्य ३५ हजार रूपैयाँ छ भने बेतबासको पनि उहीँ नै छ ।’—उनले भने । मूल्य बराबर जसो भएपनि टिकाउ र डिजाईनका हिसाबले भने बेत धेरै फाईदाजनक भएको उनि बताउछन । एक पटक गरेको लगानीबाट नातीको पालासम्म प्रयोग भएका धेरै भेटिने उनले बताए । बेतमा किरा धुलिया लाग्दैन । हेर्दा आकर्षक हुन्छ । विदेशीहरूले धेरै रुचाएपनि विदेश बिक्री गर्ने वातावरण नभएको उनले बताए । यसैगरि यसको प्रयोगबाट मानिसहरूलाई हुने विभिन्न शारीरिक समस्यारु समेत ठिक हुने चिकित्सकहरू बताउछन । बेत बहुउपयोगी हुने हुँदा पनि यसको प्रयोग धेरै राम्रो मानिन्छ ।

सजावटका सामान उत्पादनमा जोड
पछिल्लो समय बेतका सजावटका सामानहरूमा जोड दिन थालिएको छ । घरमा आकर्षक देखिने नया नया सामानहरू निर्माण गरिँदा यसको माग पनि आईरहेको हँुदा यसमा जोड दिएको उनले बताए । विभिन्न डिजाईनका गमला÷चुरा स्ट्याण्ड, ऐना राख्ने सामानका साथै मुढा, कुर्सी र आकर्षक शोभासेटहरू समेत बनाएका छन । झुला, हेङ्गर, कपडा, जुत्ता राख्ने रयाग, बच्चा झुला, रेष्टुरेन्ट क्याफेहरूमा फर्निचरको माग छ । तालिमहरू चलाएर गिफट सामानहरू तयार गर्ने सोच बनाएको उनले बताए । बार्षिक २० लाख रूपैया बराबरको कारोबार हुन्छ । उत्पादन भएका सामानहरू बजार जान्छन ।

युवा जनशक्ति उत्पादनको लक्ष्य
स्वदेशका जंगलमा पाईने बेतबाट सजावटका सामानमात्र नभई चोया बनाउने राम्रो सम्भावना रहेको छ । युवाहरू स्वदेशमा अवसर खोज्नेभन्दा पनि विदेश मोहमा रहेको बेला यो राम्रो सम्भावना भएको उनि बताउछन । ‘हामी दक्ष जनशक्तिबाट उत्पादनमा जोड दिएका छौ ।’ —संचालक भुपेन्द्र बहादुर क्षेत्री (हरि) बताउछन । धेरै पटक निशुल्क तालिम संचालन गरेको भएपनि युवाहरूमा चासो कम देखिएको उनले दुखेसो गरे । स्थानिय सरकारसंग मिलेर दक्ष जनशक्ति उत्पादनको पहल गर्ने योजनामा रहेको उनले बताए । मेहनतसंगै राम्रो आम्दानी हुने यसको सीप सिकाउने अभियानमा आफुहरू भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?