ट्रेंडिंग:

>> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता

प्रयोगमा आउन छाडे कृषि उपज केन्द्र

१ भाद्र २०८०, शुक्रबार
१ भाद्र २०८०, शुक्रबार

पाल्पा, १ भदौ ।

कृषकद्वारा उत्पादित कृषि उपजको बजारीकरणका लागि सहज होस भन्ने उद्देश्यले गाउँ बस्तीमा निर्मित कृषि उपज संकलन केन्द्र प्रयोगमा आउन सकेको छैन । सरकारको ठुलो धनराशी खर्चिएर निर्मित संकलन केन्द्र प्रयोगमा आउन नसक्दा सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ ।

मौसमी, बेमौसमी तरकारी, खुर्सानी, टमाटर अदुवा जस्ता वस्तुको खरिद कर्ता, बिक्रेता र उत्पादनकर्ताबीच प्रत्यक्ष रुपमा मोलमोलाई होस् भनेर मूल्य र तौलमा एकरुपता ल्याउने उद्देश्यले तत्कालीन समयमा जिल्ला कृषि विकास कार्यालय, स्थानीय कृषक समूहको गाउँ गाउँमा टोल टोलका बस्तीमा संकलन केन्द्र स्थापना भएका थिए ।

तत्कालीन समयमा निर्मित संकलन केन्द्र सय भन्दा बढी संख्यामा निर्माण भएका थिए । पहिले पहिले अहिले जस्तै सडक संजाल टोल टोलमा जोडिएको थिएन । त्यसैगरी सूचना र प्रविधिको विकास पनि भएको थिएन । जसले गर्दा संकलन केन्द्र भन्दा अन्य विकल्प पनि नभएको र अति आवश्यकता पनि भएको मानिन्छ । १०–१५ वर्ष अगाडि यस्ता संकलन केन्द्र निर्माणमा होडवाजी नै चलेको थियो ।

गाउँ विकास केन्द्रलाई जोन बजेटबाट पनि संकलन केन्द्रको निर्माण भए । कति संकलन केन्द्र राजनैतिक पहुँचका आधारमा निर्माण भएका थिए भने कति आवश्यकताले नै निर्माण भएका थिए । कृषि ज्ञान केन्द्रका कृषि प्राविधिकहरु यसलाई प्रयोगमा ल्याउने भनेको स्थानीय कृषकहरुले नै भएको बताउँछन् ।

संकलन केन्द्रका लागि आवश्यक फर्निचर, डिजिटल तौल गर्ने मेसिन, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन जस्ता समानहरु अहिले व्यक्तिले निजी प्रयोग गरेको स्थानीयहरु बताउँछन् ।

तानसेन ९ मदन पोखराका ८ का कृषक ओम बहादुर बसेल भन्छन्–“फोन गरेर व्यापारीलाई मूल्य सोध्ने अनि तरकारी टिपेर तौल गरी बोरामा वा क्यारेटमा राखेर बजार पठाउने चलन बढेकोले संकलन केन्द्र प्रयोगमा आउन नसकेको हो ।” व्यावसायिक रुपमा खेती गरेका कृषकहरुको बुटवल, चितवन, पोखराका व्यापारीलाई सिधै सम्पर्क हुन्छ । त्यसो भएपछि संकलन केन्द्रको आवश्यकता नै नपरेको माथागढी गाउँपालिका झडेवाका कृषक नारायण बहादुर जि.सी. बताउँछन् । मौसमी खेति गर्ने कृषकहरुको लागि मात्र संकलन केन्द्र आवश्यकता परेको उनले बताए ।

सडक सञ्जालले जोडिएको सुविधा सम्पन्न ठाउँमा निर्माण भए तत्कालीन समयमा आवश्यकता पनि थियो । यस्ता भौतिक संरचना निर्माणका लागि दातृ निकायले समेत सहयोग गरेका थिए तर अहिले प्रयोगमा आएनन् भन्न मिल्दैन । कृषकहरुले नै प्रयोगमा ल्याउनु पर्ने कृषि विज्ञ राजेन्द्र कोइराला बताउँछन् । यस्ता स्थायी संरचनाहरु वगनासकाली गाउँपालिकाको राम्दी, आर्य भज्याङ, तानसेन नगरपालिकाको चुच्चेबारी डुम्रे, अर्गली नयापाटी, मथागढीको चिदीपानी, देवगिर, तिनाउ गाउँपालिकाको झुम्सा, दोभान जस्ता दर्जनौ संकलन केन्द्रहरु प्रयोगमा आउन सकेका छैनन् । तत्कालीन समयमा रामपुर, निस्दी, पुर्वखोला गाउँपालिकामा करोडौ रुपैयाँ खर्चिएर स्थायी संकलन केन्द्रहरु निर्माण भएको स्थानीय कृषकहरुको भनाई रहेको छ ।

संकलन केन्द्र स्थापना हुनु अगाडि कृषकहरु तौल मूल्यमा ठगिनु पर्ने अवस्था थियो । गाउँबाट उत्पादन गरेर ल्याएका कृषि उपजहरु बुटवल तानसेनका व्यापारीहरुले डोको नै खोस्ने चलन थियो । त्यस्ता व्यापारीले तौल र मूल्य आफु अनुकूल गराउँथे । संकलन केन्द्रको स्थापना भएपछि तौल र मूल्यमा ठगिन नपरेको तिनाउ गाउँपालिका मस्यामकी अगुवा कृषक लक्ष्मी सारु बताउँछिन् ।

स साना कृषकहरुका लागि यस्ता संकलन केन्द्रहरु वरदान नै थिए । थोरै भए पनि संकलन केन्द्रमा लगे हुन्थ्यो तर आजभोलि डोकोमा बोकी तानसेन बजार लैजानु पर्ने बाध्यता भएको तानसेन नगर छापकी कृषक डिल कुमारी राना बताउँछिन् । संकलन केन्द्र प्रयोगमा आउन नसक्दा स–साना मौसमी खेती गर्नेहरु पुरानै सम्झनाले सताउन लागेको तिनाउ गाउँपालिका दोभानका कृषक सन्तोष पाण्डे बताउँछन् । संकलन केन्द्रमा व्यापारी आउँदा सस्तो महङ्गो बिक्री हुन्थ्यो तर आजभोलि लैजादा बराबर हिसाव आउने गरेको उनी बताउँछन् ।

कम आय आर्जन भएका कृषकहरुको जीवनस्तर माथि उठाउनका लागि संकलन केन्द्रको स्थापना भएको हो । तर पछिल्ला दिनहरुका यस्ता केन्द्रहरु प्रयोगमा आउन नसक्दा स–साना कृषकहरुलाई समस्या परेको छ । स्थानीय सरकारले यस्ता संकलन केन्द्रहरु पुनः प्रयोगमा ल्याउन पर्ने स्थानीय कृषकहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?