ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

पशुरोग अन्वेषण प्रयोगशालामा ‘रमिता देखाउँदै’ प्रदेश सरकार

एक करोड बढि लगानीमा बनेको प्रयोगशालाले पशुमा लाग्ने ब्याक्टेरिया,भाईरस,फँगस (ढुसी) आदीबाट लाग्ने रोगको पत्ता लगाउन सकिने बताइएको छ । प्रयोगशालामा पशुको रगत, पिसाब, दिसा आदिको परीक्षण गर्न सकिन्छ । प्रयोगशाला भाईरस सम्बन्धी पिसिआर समेत गर्ने गरि स्थापना भएको हो ।
१ भाद्र २०८०, शुक्रबार
१ भाद्र २०८०, शुक्रबार

नवलपरासी, १ भदौ । लुम्बिनी प्रदेश सरकारले नवलपरासीमा स्थापना गरेको पशु रोग अन्वेषण प्रयोगशाला निर्माण भएको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । देशभरि पशुहरूमा देखिएका लम्पी स्किन जस्ता महामारीहरू फैलिँदै गरेको अवस्थामा पनि प्रयोगशाला प्रति प्रदेश सरकारको वेवास्ता देखिएको हो ।

गत बर्ष नै लुम्बिनी प्रदेश सरकारद्वारा नवलपरासीको सदरमुकाम परासीमा निर्माण गरिएको प्रदेशस्तरिय पशु रोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने जानकारी गराइएको थियो । तर प्रदेश सरकारले प्रयोगशाला संचालनमा नल्याइ रमिता देखाइरहेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय परिसर भित्र निर्माण भएको उतm प्रयोगशाला लुम्बिनी प्रदेश सरकार नयाँ गठन भए पश्चात चाँडै सञ्चालनमा आउँछ भन्न भने छाडेको छैन । प्रयोगशाला सञ्चालनमा आउनु सरकार कृषकको मुद्दाप्रति उदासिन छ भन्ने प्रमाण हो ।

लुम्बिनी प्रदेश भित्र पशु र माछामा लाग्ने रोगको अनुसन्धान अन्वेषण गरि रोगको कारण पत्ता लगाउने र रोग नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सुझाव सहितको प्रतिवेदन दिने गरि काम गर्ने प्रयोगशालाका तत्कालिन प्रमुख डा.उत्तम अचार्यले बताएका थिए । पशुमा लाग्ने रोगको कारण पत्ता लगाउने, उपचारको लागि भेटेनरी अस्पतालहरूलाई सुझाव पेश गर्ने गरि प्रयोगशाला बनेको छ । त्यही बेला देखि अहिले कार्यालय सञ्चालनमा ल्याइएको थियो तर हालसम्म पनि प्रयोगशाला सञ्चालनमा आई पुगेको छैन् । नयाँ सरकार गठन पश्चात यसको औपचारिक उद्घाटन हुनेछ भनिएको थियो । तर तिन पटक सरकार फेरियो प्रयोगशाला सञ्चालनमा आउन नसकेको नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए ।

नेता मन्त्रीहरूको किसानको समस्या मुखले बोल्ने तर भित्र सत्ता स्वार्थमा लिन हुने मात्र देखिएको उनको भनाई छ । नागरिक प्रति नेता सरकारका मन्त्रिहरू पटक पटक बेईमानी गर्ने गरेका छन् । उनका अनुसार नवलपरासीमा यो प्रयोगशाला स्थापना हुनु उपलब्धि मुलक नै भएको हो, तर सञ्चालन भए पो पुर्ण उपलब्धी मान्न सकिन्छ । नवलपरासीमा प्रयोगशाला भए पनि यसले लुम्बिनी प्रदेशको १२ वटै जिल्लाबाट नमुना संकलन भएर आउने र त्यो नमुना परिक्षण गरि अन्वेषण गरिने छ ।

एक करोड बढि लगानीमा बनेको प्रयोगशालाले पशुमा लाग्ने ब्याक्टेरिया, भाईरस, फँगस(ढुसी) आदिबाट लाग्ने रोगको पत्ता लगाईने छ । पशुको रगत, पिसाब, दिसा आदिको परीक्षण गर्ने छ । प्रयोगशालाले भाईरस सम्बन्धी पिसिआर समेत गर्ने गरि स्थापना भएको थियो । यसले उपचार विधिमा कल्चर समेत परीक्षण गर्ने योजना छ । नवलपरासी जिल्लामा स्थापित उक्त प्रदेशस्तरीय प्रयोगशाला लुम्बिनी प्रदेशको भएपनि नवलपरासीको सीमा भारतको उत्तर प्रदेश, विहार प्रदेश, नेपालको गण्डकी प्रदेशसँग पनि जोडिने हुँदा ती प्रदेशमा पनि लाग्ने पशुजन्य रोगको नमुना आए परीक्षण गर्न सक्छ । खुल्ला सिमाका कारण रोग अन्य देश र प्रदेशका रोग पनि सजिलै लुम्बिनी प्रदेशको सीमा भित्र छिर्न सक्छ । रोगको अन्वेषण बेलामै गरेर उपचारका लागि सम्बन्धित पशु अस्पताललाई जानकारी गराई दिइने दायित्व यो प्रयोगशालाको रहने छ ।

नवलपरासी जिल्ला एक आफैमा विविधतापूर्ण छ, सिमा पनि तिन वटा प्रदेशले छोइन्छ । त्यो भएर पनि प्रयोगशाला उपयुक्त स्थानमा लुम्बिनी प्रदेश सरकारले राखेको उनको भनाइ थियो । पहिला नवलपरासी भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय मार्फत नै राख्ने योजना अनुसार यहाँ छनौट भएको थियो । तर पछि कृषि, खाद्य प्रविधि तथा भूमि ब्यवस्था मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय मार्फत रहने गरि किटान गरिएको छ । हाल चार जना कर्मचारीको दरबन्दी यो प्रयोगशालामा कायम गरिएको छ । तर सवारीसाधन,अन्य कार्यालयको ब्यवस्थापन हुन सकेको छैन् । प्रयोगशालाको प्रचार प्रसार,अन्य कार्यक्रमका लागि पनि सरकारले बजेट विनियोजन गरेको छैन् । लामो समयदेखि सञ्चालनमा नआएको प्रयोगशाखा सञ्चालन छिट्टै हुने दाबी लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले बताए । सबै तयारी पुरा भइसकेको छ, उनले दाबी गरे,छिट्टै सरकारले निर्माण भएको उक्त प्रयोगशाला सञ्चालनमा ल्याउने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?