ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

दक्षिण एशिया जुनियर ब्याडमिन्टनमा नेपालको सुखद् शुरुवात

१ भाद्र २०८०, शुक्रबार
१ भाद्र २०८०, शुक्रबार

काठमाण्डौ, १ भदौ । नेपालका खेलाडीहरुले ब्याडमिन्टन एशिया (दक्षिण एशिया) रिजनल जुनियर च्याम्पियनसिपको मिक्स टिम विधामा दोहोरो जित निकालेका छन् । ब्याडमिन्टन एशियाको आयोजनामा नेपालमा पहिलोपटक भएको प्रतियोगितामा नेपाली खेलाडीले सुखद् शुरुवात गरेका हुन् । हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ क्लवमा शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा नेपालले यु–१५ र यु–१७ दुवैमा जित निकाले । दक्षिण एशियाका ब्याडमिन्टनमा अल्पविकसित राष्ट्र नेपालसहित श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स, भूटान र बंगलादेशका खेलाडीले च्याम्पियनसिपमा प्रतिष्पर्धा गरिरहेका छन् । दुवै उमेर समूहमा नेपालले बेस्टअफ फाइभको प्रतिष्पर्धामा माल्दिभ्समाथि ५–० को जित निकाल्यो ।

लिगको आधारमा खेलाइको च्याम्पियनसिपमा यु–१५ मा नेपालका सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले माल्दिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१–११, २१–६ ले हराए । गल्र्स सिंगल्समा रिहाना शेरचनले अदिल मोहम्मद कियानलाई २१–९, २१–६ र ब्वाइज सिंगल्समा सुविन श्रेष्ठले फरुजनलाई २१–७, २१–८ ले हराएका थिए । गल्र्स दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१–८, २१–१० र ब्वाइज डबल्समा सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१–३, २१–८ ले पराजित गरे ।

यता, यु–१७ तर्फ कबिर केसी र रोजी राईको जोडीले पनि सफलता दिलाए । कविर र रोजीको जोडीले अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१–१, २१–४ हराए । गल्र्स सिंगल्समा रोजी राईले ऐस्थालाई २१–१०, २१–८ र ब्वाइज सिगंल्समा कबिर केसीले अजहरलाई २१–७, २१–१० ले पराजित गरे । अन्जिल लिम्बु र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०–२२, २१–१८, २१–१० ले हराए ।

ब्वाइज डबल्समा कविर केसी र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ ले पराजित गर्दै मिक्स टिम विधामा माल्दिभ्समाथि ५–० को नतिजा निकाल्यो । अन्य खेलमा बंगलादेशले यु– १५ तर्फ भुटानलाई ५–० र यु–१७ मा माल्दिभ्सलाई ५–० ले पराजित गर्याे । श्रीलङ्काले यु–१५ मा माल्दिभ्सलाई ५–० ले नै पराजित गर्यो ।

च्याम्पियनसिपमा मिक्स टिम विधामा महिला र पुरुषको सिंगल्स, महिला र पुरुष डबल्स र मिक्स गरी पाँच वटा प्रतिष्पर्धा भएको हो । उक्त च्याम्पियनसिपमा शुक्रवार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?