ट्रेंडिंग:

>> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी

बालकृष्ण खाँण दम्पत्तीमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु

१ भाद्र २०८०, शुक्रबार
१ भाद्र २०८०, शुक्रबार

बुटवल, १ भदौ ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ ।

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो ।

अख्तियार उच्च स्रोतका अनुसार ‘केही दिनअघि उनीहरु दुवै जनालाई बोलाएर सम्पत्ति सम्बन्धी फारम भराउनुका साथै केही सोधपुछ गरेर छाडेको हो । ‘दुवै जनालाई सम्पत्तिको फारम भरेर बुझाउन भनिएको छ । त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।’ स्रोतले भन्यो ।

२०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस सांसद बालकृष्ण खाँण ९ पुस, २०७९ सम्म गृहमन्त्री थिए । उनी रुपन्देहीबाट निर्वाचनमा पराजित भएलगत्तै पत्नी मञ्जु खाँण समानुपातिकबाट सांसद भएकी थिइन् ।

‘मूलतः नक्कली शरणार्थी प्रकरणका बारेमा यहाँ उजुरी परेको हो, तर अहिलेको अनुसन्धान सम्पत्तिमा केन्द्रित छ’ अख्तियार स्रोतले भन्यो, ‘सार्वजनिक पदमा बसेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेको छ । काठमाडौं सरकारी वकिलको कार्यालयको पत्राचार समेत छ । त्यही आधारमा अनुसन्धान अघि बढेको हो ।’

केही दिन अघि मात्रै कांग्रेस संसदीय दलको कार्यालयमा पुगेकी सांसद मञ्जु खाँणले केही सांसदहरुसँग अघिल्ला वर्षहरुको आम्दानी अभिलेखीकरण गर्ने र त्यसको हिसाबकिताबबारे चासो राखेकी थिइन् । त्यसक्रममा उनले यसअघि सरकारी निकायहरुले गरेको भुक्तानीको विवरण पाउने ठाउँबारे समेत सोधपुछ गरेकी थिइन् ।

एक सांसदले भने, ‘यसअघि आफू विभिन्न राजनीतिक मनोनयन र नियुक्त भएर काम गर्दा पाएको पारिश्रमिकको विवरण पाउने तरिकाबारे उहाँले सोधपुछ गरिरहनुभएको थियो ।’

अख्तियारले कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरेपछि आम्दानीको वैध स्रोत पुष्टि गर्नुपर्ने चुनौती हुन्छ । आम्दानीको स्रोत देखाउन नसक्नेमाथि गैरकानुनी आर्जनको अभियोग लाग्छ र भ्रष्टाचारको मुद्दा चल्छ ।

नक्कली शरणार्थी प्रकरणमा ठगी, किर्ते, संगठित अपराध र राष्ट्रहित विरुद्धको कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशपछि पूर्व गृहमन्त्री खाँण यतिबेला पुर्पक्षका लागि थुनामा छन् । उनी लगायतले जिल्लाको आदेश बदर गरेर आफूहरुलाई सामान्य तारिखमा रिहा हुनुपर्ने माग राखी उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

नक्कली शरणार्थी मामिलामा तत्कालीन खाँणमाथि भ्रष्टाचारको अभियोग आकर्षित हुने तीन प्रमाणहरु सरकारी वकिलको कार्यालयले ठगी र किर्तेको मुद्दा चलाउने क्रममा जिल्ला अदालतमा पेश गरेको छ । खाँणमाथि घुसबापत १ करोड २४ लाख ५० हजार रुपैयाँ नगद लिएको आरोप छ ।

प्रहरीको दावी अनुसार, केशवप्रसाद दुलाल र सानु भण्डारीले बयानमा उनले रकम लिएको स्वीकारेका थिए ।

केशवप्रसाद दुलालबाट बरामद भएको फोनमा टेकनारायण पाण्डेले ‘मन्त्रीज्यूको सामान रेडी भएन ?’ भनी रकम लेनदेनलाई संकेत गरेको सरकारी दाबी छ ।

शरणार्थी मामिलामा आरोपितहरु पक्राउ पर्ने र अनुसन्धान अघि बढ्न थालेपछि गृहमन्त्री बालकृष्ण खाँणले स्वकीय सचिव नरेन्द्र केसी मार्फत सानु भण्डारीका दाजु राजु भण्डारीलाई एक करोड रुपैयाँ दिएको र त्योमध्ये ३० लाख रुपैयाँ शेर्पाले राजुलाई बुझाएको प्रहरीको दाबी थियो ।

‘सरकारी वकिलको कार्यालयले पठाएको मिसिल र उजुरीको आधारमा उहाँहरुमाथि अनुसन्धान सुरु भएको हो’ अख्तियार स्रोतले भन्यो, ‘सम्पत्ति फारम भराउने लगायत प्रारम्भिक चरणका काम अघि बढेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?