© 2026
कन्चनपुर, ३२ साउन ।
कञ्चनपुरमा सेप्टिक ट्यांकीमा परेर जंगली हात्ती मरेको छ। बिहीबार बिहान शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा हात्ती मरेको हो।शौचालयको सेप्टिक ट्यांकीमा पर्दा हात्ती मरेको डिभिजन वन कार्यालय (कञ्चनपुर) का डीएफओ शम्भुप्रसाद तिवारीले बताए।
उनका अनुसार सेप्टिक ट्यांकीमा हात्ती फसेको थियो। अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली परिचालित गरिएको छ।
मरेको हात्तीलाई सेप्टिक ट्यांकीबाट निकालिएको छ ।