Butwal Today

२०८४ मा २०६४ भन्दा ठूलो पार्टी बन्छौं : प्रधानमन्त्री

३२ श्रावण २०८०, बिहीबार
अ+
अ-

बुटवल, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको चुनावमा माओवादी २०६४ भन्दा ठूलो पार्टी हुने दावी गरेका छन् ।
२० औं दौरम्बा स्मृति दिवसमा रामेछापको आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी आफैं रुपान्तरणको बाटोमा अघि बढेको बताएका छन् ।
जनताप्रतिको जिम्मेवारी माओवादीले नै लिन पर्ने भन्दै गहिरो बोधका कारण सुशासनको अभियान सुरु गरेको बताए ।

उनले अर्को निर्वाचनसम्म जाँदा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउने बताए ।