ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
सम्पादकीय

किसानको श्रममाथि बिचौलियाको रजाइँ

३१ श्रावण २०८०, बुधबार
३१ श्रावण २०८०, बुधबार

विगत केही दिनयता टमाटरको मूल्य स्थान अनुसार एकसय ५० देखि दुईसय रूपैयाँसम्म पुगेपछि मूल्य नघट्दासम्म टमाटर नै नखाने घोषणा गर्नेहरू बढिरहेका छन् । केहीले ५० रूपैयामा झरेपछि मात्रै टमाटर खाने भनिरहेका छन भने केहीले नेपालको टमाटर बजारमा आउन थालेपछि मात्रै बजारबाट टमाटर किन्ने दावी गरिरहेका छन । टमाटर नखाने दावी गरिरहँदा कसैलेपनि हामी आफै अव तरकारी उत्पादनमा जोडिन्छौं, मुलुकलाई तरकारीमा आत्मनिर्भर बनाउँछौं भन्न सकिरहेका छैनन् । कृषि क्रान्ति गछौं भन्नेहरूको कमी छ । टमाटरको मूल्य आकासिनुका पछि टमाटरको सिजन नभएकै कारण हो । अर्कोतर्फ टमाटरमा पनि बिचौलियाको राज छ । उत्पादन भएको टमाटर दश ठाउँमा उलटपलट हुँदै बिक्री हुँदै बल्ल उपभोक्ताको घरसम्म पुग्छ । त्यसकारण पनि अहिले टमाटरको मूल्य बढेको छ । तर, टमाटर लगायत सवै तरकारीमा बिचौलियाको राज चलिरहेको छ । किसान आफैले बजारमा ल्याएर सिधै तरकारी विक्री गर्न पाउँदैन् । त्यहाँ तरकारी बेच्ने पसलेहरू लाईसेन्स लिएर ब्यापार गरिरहेका छन । त्यसमाथि किसानबाट तरकारी किन्ने र सिधै पसलेहरूलाई विक्री गर्ने अर्को बिचौलिया छ । त्यसमाथि अर्को बिचौलिया जसले किसान, बिचौलिया र पसलेबीच सामञ्जस्यता गर्ने महाबिचौलिया छ । जसले तरकारीको थोक मूल्य तोक्छ । उसले निर्धारण गरेको भाउमा किसानले तरकारी बेच्ने, बिचौलियाले किन्ने र फुटकर विक्रेताले बेच्ने गर्नुपर्छ । किसानको तरकारी चारपाँच ठाउँमा बेचिदै बेचिदै बल्ल उपभोक्ताको घरसम्म पुग्छ । यतिगर्दासम्म तरकारीको मूल्य कैया गुना बढिसकेको हुन्छ । अनि कहाँबाट उपभोक्ताले सस्तोमा तरकारी पाउने ? कल्पना पनि गर्न सकिदैन । टमाटरको मूल्यमा पनि त्यही भएको हो । यद्यपि टमाटर सिजन नभएको कारण पनि मूल्य अलिक बढेको हो तर त्यसमा पनि धेरथोर बिचौलियाकै राज छ ।

ती किसान जसले पसिना बगाएर उत्पादन गरेको तरकारी बिक्री गर्दछन, आज उनै सवैभन्दा बढी पीडित छन । किसानले भन्दा बढि बिचौलियाले कमाउँछन । अनि कहाँबाट हुन्छ कृषि क्रान्ति ? त्यसमाथि किसानलाई सरकारको कुनैपनि प्रोत्साहन छैन । किसानलाई आएको अनुदान गैर किसानले दुरूपयोग गरिरहेका छन । सरकारले उपलब्ध गराउनुपर्ने न्यूनतम कृषिजन्य सामग्रीको अभावका बीच किसानहरूले आफैँले बन्दोबस्त गरी अन्न, फलफूल, तरकारी, माछा, मासु, अण्डा उत्पादन गरिरहेका हुन्छन् । त्यसमाथि प्रकृतिमा बेलाबेलामा आउने उतारचढावले उत्पादनको कुनै ग्यारेन्टी नै छैन । त्यसमाथि मौसम परिवर्तनको मारका बीच अति दुःख गरेर फलाएका उब्जनीले परिवारको पेट पाल्न त परै जाओस्, ज्याला पनि नउठ्ने समस्या छ । केही महिना अघि चितवनका किसानले उत्पादित टमाटर बिचौलियाले कौडीको भाउमा उठाउन खोज्दा भरतपुर सडकमा मिल्काइदिएर सांकेतिक विरोध प्रदर्शन गरेको बिर्सन सकिदैन ।

उत्पादित वस्तुले मूल्य नपाउने भएपछि धेरै किसानहरू प्रेमप्रसाद आचार्यको नियती भोगिरहेको पीडा सुनाउँछन । यो मुद्दा आजको मात्र होइन, हिजो पनि थियो र सरकारको यही रवैया रहने हो भने भोलि पनि रहनेछ । विडम्बना कस्तो छ भने भारतबाट आयातीत विषादियुक्त तरकारीले नेपाली बजारमा मूल्य पाइरहेको छ । आफ्नै किसानले उत्पादन गरेको उपज भने सिण्डिकेट गरेर बिचौलियाले कौडीको भाउमा उठाउने गरेका छन । किसानमाथि भैरहेको अन्यायमा सरकार मूकदर्शक बनिरहेको छ । एकातिर नेपालकै उत्पादनले मूल्य पाउन सकिरहेको छैन । अर्कोतर्फ हामी अझै तरकारीमा परनिर्भर छौं । आफ्नो देशको उत्पादनलाई माया गर्नै सकेका छैनौं । आफ्नै देशमा उत्पादन गर्न सकिने तरकारीमा समेत परनिर्भरता छ । यो गंभीर बिषय हो । स्थानीय तहमा कृषिलाई प्रोत्साहन गर्न सरकारले उपलब्ध गराउने अनुदान ठाटाबाठा, स्थानीय जनप्रतिनिधिका आफन्त, झोले कार्यकर्ता र कमीसन प्रदायकहरूले मात्र हात पारेको अवस्थामा अझै कतिले प्रेमप्रसाद आचार्यले नियति भोग्नुपर्ने हो ? अव देशलाई आत्मनिर्भर बनाउने हो भने सवैभन्दा पहिले तरकारीबाटै आत्मनिर्भरताको अभियान सुरू गरौं । कुनैपनि क्षेत्रमा बिचौलियालाई प्रश्रय नदिऔं । टमाटरको मूल्य बढ्दा नखानेमात्र होइन भारतबाट आएको तरकारीको सट्टा नेपालकै उत्पादनलाई प्राथमिकता दिनेतर्फ आम नेपाली जनताले अभियान नै चलाऔं । अनिमात्र वास्तविक किसानले मूल्य पाउने अवस्था रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?