ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

५० वर्षपछि बल्ल लालपूर्जा

राजनैतिक दलहरूले प्रत्येक निर्वाचनमा अव्यवस्थित बसोबास गर्नेहरूका लागि स्थायी लालपूर्जाको नारा सत्तामा जाने मत लिने माध्यम मात्र बनाउँदा यसपटक पनि आशा त थिएन । तर नपत्याएको खोलाले बगाए जस्तै भयो उनले भनिन् ।
३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

पाल्पा, ३० साउन । कपाल सेतै फुलेको, अनुहार चाउरी परिसकेको तर पनि जोश र जाँगर तन्नेरी अवस्थाकी रामपुर नगरकी दिल माया उमेरका हिसाबले सात दशक पुरा गरिन् । पचास वर्षदेखि बस्दै आएको आफ्नो घरको लालपूर्जा पाइँदैन कि भन्ने थियो । तर उनले लालपूर्जा प्राप्त गरिन । लालपूर्र्जा पाउँदाको दिन आफूलाई जीवनको सबैभन्दा खुसीको क्षण भएको अनुभव गरिन ।

२०३० सालमा स्थानीय रामतुल्सी मा.वि. सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिले वितरण गरेको घडेरी आफूले दाउरा बिक्रीबाट प्राप्त गरेको आम्दानीले खरिद गरेको र सानो घडेरीमा आफू बस्दै आएको रानाले राष्ट्रिय भूमि आयोगबाट केही दिन अगाडि मात्र उक्त जग्गाको लालपूर्जा प्राप्त गरेकी हुन् । राजनैतिक दलहरूले प्रत्येक निर्वाचनमा अव्यवस्थित बसोबास गर्नेहरूका लागि स्थायी लालपूर्जाको नारा सत्तामा जाने मत लिने माध्यम मात्र बनाउँदा यसपटक पनि आशा त थिएन । तर नपत्याएको खोलाले बगाए जस्तै भयो उनले भनिन् ।
रामपुर नगर भित्र संचालित रामतुलसी, दरैटाटी नवदूर्गा आधारभूत विद्यालय संचालनका लागि सार्वजनिक रूपमा रहेको जमिन घडेरीको रूपमा वितरण गरिएको थियो । तत्कालिन समयमा अत्यन्तै न्यून श्रोत र साधन भएकाले विद्यालयको भौतिक पूर्वाधार निर्माण, शिक्षक, कर्मचारीका लागि तलब व्यवस्थापनका लागि घडेरीका रूपमा जमिन बेच्चे प्रचलन भएकाले दरैटाटी मा.वि का प्र.अ सुन्दरप्रसाद देवकोटा बताउँछन । विद्यालय सञ्चालन, स्थापनाका लागि स्थानीय अभिभावकको ठूलो योगदान र लगानी हो तर लालपूर्जाको सवालमा बल्ल न्याय भयो प्र.अ.देबकोटा बताउँछन ।

२०३० सालबाट घडेरी बिक्री वितरण भयो त्यही घडेरीमा गगनचुली महलहरू निर्माण भए । पहिले सामान्य बजार थियो तर अहिले ठूलो बजार भयो तर घरको लालपूर्जा नहुँदा अत्यन्तै समस्या भयो । दशकौं देखिको समस्या गाठोको रूपमा बल्झिएको थियो । बल्ल गाठो फुक्यो स्थानीय देवराज ढकाल बताउँछन । सुकुम्बासी पनि होइन,भूमीहीन पनि होइन तर लालपूर्जा नहुँदा सामाजिक रूपमा पनि आपूm दोस्रो दर्जाको नागरिक जस्तै भएको महसुस थियो तर अब पहिलो दर्जाको नागरिक नै भएको अनुभव भएको स्थानिय मकबुल मिया बताउँछन ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष मोहनलाल गैरे भन्दछन जिल्लामा आयोग गठन भएपछि पहिलो पटक रामपुर मै लालपूर्जा वितरण गरियो । यसपटक ७ सय ८३ वटा लालपूर्जा वितरण लक्ष्य राखेकोमा ७ सय २ परिवारलाई वितरण गरियो यसमध्ये ८१ जनाको विविध कारणले पूर्जा वितरण गर्न बाँकी रहेको छ । त्यसमध्ये १२ जनाको राजस्व दाखिल नभएको ४१ वटा निवेदनको श्रीमान वा श्रीमतीको हस्ताक्षर बाँकी रहेको, एक वटाको मुचुल्का नभएको १८ वटाको दोहोरो निवेदन भएको र ९ वटाको निवेदन कार्यविधि अनुरूप नमिलेको कारण रोकीन पुगेको हो ।
आयोगका विज्ञ तथा सदस्य कृष्ण प्रसाद अधिकारीका अनुसार अबका दिनमा तानसेन नगर, रैनादेवी छहरा गाउँपालिकाको अव्यवस्थित बसोबासको पूर्जा वितरणको लागि स्थानीय तहले प्रकृया पुरा गर्न लागेकोले तयारी गरिएको छ । यस लगतै सुकुम्बासी, भूमिहीन दलितका लागि लालपूर्जा वितरण गरिने छ । रामपुर नगरको वडा नं. ५, ६, ७ मा लालपूर्जा वितरणको क्रममा ११ करोड, ७७ लाख, ५३ हजार, ५ सय ५२ रूपैयाँ राजस्व संकलन भएको आयोगले जनाएको छ ।

बसोबास गर्नका लागि विद्यालयद्वारा वितरित घडेरीमा वर्षौंदेखि बसोबास गरेका माथागढीको कसेनीमा ठूलो सख्याका स्थानीयहरू लालपूर्जाको पखाईमा बसेका छन । स्थानीय दिब्यज्योती मावि संचालनका लागि घडेरीका रूपमा जमिन बिक्री गरिएको थियो । यस क्षेत्रका स्थानीय लालपूर्जाको पखाईमा रहेको निवर्तमान वडाध्यक्ष दिपक थापा बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?