ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
प्रथम राधाकृष्ण कप यु—१८ फाईभ ए साईड फुटबल प्रतियोगिता

आयोजक राधाकृष्ण र बेलबास विजयी

३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

बुटवल, ३० साउन । युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्येश्यका बुटवलमा पहिलो पटक १८ वर्ष मुनिका खेलाडीहरु बिच फाईभ ए साईड फुटबल प्रतियोगिता खेलाईएको छ । राधाकृष्ण युवा क्लबको आयोजनामा प्रथम राधाकृष्ण कप यु—१८ फाईब ए साईड फुटबल प्रतियोगिताको सोमबार पहिलो दिनको खेलमा आयोजक राधाकृष्ण युवा क्लब र बेलबास युवा क्लब विजयी भएको छ ।

बुटवल नयाँ बसपार्कस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक राधाकृष्ण फुटबल क्लबले एभरेष्ट फुटबल क्लब ५–० गोल अन्तर तथा बेलबास युवा क्लबले चिडीयाखोला फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १५ का वडाध्यक्ष शिब रानाले उद्घाटन गर्दै ग्रासरुट खेल विकासमा सबै क्लबहरु लाग्नुपर्ने बताए । युवाहरु एकताबद्ध गर्दै खेलको माध्यमबाट अनुसासित र नेतृत्वदायी भुमिका विकास गर्न खेलकुद संस्थाहरुको योगदान हुने उनले बताए । नगरभित्रका खेलकुद संस्थाहरुलाई ब्यवस्थित गर्दै चलायमान गर्ने लक्ष्यसहित नगर खेलकुद समिति गठन भएको भन्दै प्रवक्ता रानाले नीतिगत रुपमा खेलकुद विकासका कामहरु अघि बढाउने बताए ।

क्लबका अध्यक्ष यम बरालले खेल विकासमा ग्रासरुट खेलकुदको महत्व प्रकाश पार्दै नेपालमा राजनीतिक खिचातानीकै कारण खेल पछि परेको दुखेसो गरे । अवसरबाट बन्चित उमेर समुहका खेलाडीहरुलाई प्लटर्फम दिने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडा सदस्य भरत पुरी, बुटवल सोसाईटीका अध्यक्ष सुजन पुन, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, राजकुमार भट्टराई, सुमित खनालले हरेक वडामा एक एक खेलमैदान आजको आवश्यकता भएको भन्दै स्थानिय सरकार ब्यवस्थापनमा लाग्नुपर्ने बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद १० हजार रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक बिश्वजित ताम्राकारले बताए । यसैगरि बिधागत उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने उनले बताए भदौ ४ गतेसम्म चल्ने प्रतियोगितामा २४ टिमले उपाधिको लागि प्रतिस्प्रर्धा गरेका छन ।मंगलबार चार वटा खेलहरु हुने छन । पहिलो खेल टिम न्यु लाईट र नया गाउ रोयल, स्कलर्स होम र सोल्टी युनाईटेड, रिचकिड एफसी र एनएसएफसी बि तथा आहाना एफसी र अक्सफोर्ड कलेजका बिचमा खेलहरु हुने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?