Butwal Today

पेट्रोल र डिजेलको मुल्यबृद्धि

३० श्रावण २०८०, मंगलवार
अ+
अ-

बुटवल,३० साउन । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य ह्वात्तै बढाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो ।

यससँगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम भएको छ ।

इण्डियन आयल कार्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।