ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

हरैया माविलाई हिरा बनाउदै मेघनाथ सर

३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

बुटवल, ३० साउन । वि.सं.२०२४ सालमा हरैया प्राथमिक विद्यालयबाट शुरु भएको हो हरैया माध्यमिक विद्यालय । यहाँसम्म आई पुग्दा धेरै विद्यार्थीहरूको जीवनलाई उज्यालो बनाएको यो विद्यालय पछिल्लो समयमा अझै उचाई थपिरहेको छ । पढ्ने विद्यार्थी र पढाउन रहर गर्ने अभिभावकको संख्या पनि बढ्दै गएको छ । यस क्षेत्रमा अत्यन्न राम्रो र प्रभावकारी शिक्षा प्रदान गर्ने विद्यालयको सुचिमा परेको छ ।

विद्यालयले आफनो वार्षिक कार्य योजना लागु गरेर अध्यापन गराउने भएका कारण विद्यालयको नतिजा राम्रो भएको विद्यालयका प्रअ मेघनाथ शर्मा बताउँछन् । उनी भन्छिन्–‘हामीले वार्षिक योजना मात्र होईन दैनिक योजना पनि बनाएर विद्यार्थीलाई पढाउँछौ । यसले पनि विद्यार्थीको शिक्षण सिकाइ बढाउनमा सहयोग पुगेको छ । उनी भन्छिन्–‘हाम्रा सबै शिक्षकहरूले डायरीमा आफुले यो समयमा पढाउने विषयको शिर्षक के हो ? कसरी विद्यार्थीलाई बुझाउछु ? त्यसको प्रतिफल के हुन सक्छ ? भन्ने बारेमा टिपोट लिएर मात्र कक्षाकोठामा प्रवेश गर्नुहुन्छ । यसले हाम्रा शिक्षकहरू बढी अध्ययनशील बनेको अनुभव हामीसँग छ ।

हामीले प्रत्येक वर्षलाई एउटा विषय वर्ष घोषणा गरेर काम गर्ने गरेका छौ । कुन वर्ष केलाई बढी महत्व दिने भन्ने छलफल पछि तय हुने गरेको छ । जस्तै हामीले यो वर्ष अनुशासन र हरियाली वर्ष भनेर घोषणा गरेका छौ । यो वर्ष विद्यार्थीहरूलाई अनुशासनका बारेमा ज्ञान दिने र विद्यालयलाई हरियाली बनाएर त्यसका बारेमा जानकारी योजनामा छौ । अगाडीका वर्षमा हामीले भौतिक पुर्वाधार वर्ष मनायौ । त्यस वर्षमा हामीले विद्यालयको भौतिक संरचनाका बारेमा जानकारी दिने र भौतिक संरचनाहरू निर्माणलाई महत्व दिएर काम गयौ । विद्यार्थीहरूलाई विद्यालयको भौतिक संरचना राम्रो भएन भने पनि सिकाई र आकर्षणमा प्रभाव पर्छ भनेर हामीले भौतिक संरचना बनाउन जोड दिएका हौ । त्यसै गरी हामीले ल्याब वर्ष पनि मनाईसकेका छौ । ल्यावमा चाहिने संरचनाहरूलाई हामी फुल फिल गराएका छौ । यसरी क्रमश आगामी हाम्रा वर्षहरूले विद्यार्थी र विद्यालयलाई जोडेर वर्ष मनाउने योजना छ । त्यो एक वर्षमा हामीले घोषणा गरेको विषयलाई पुरा गर्ने गरी काम गर्ने गरेका छौं ।

हामीले विद्यार्थी आकर्षण भन्दा पनि रिर्जल्ट आकर्षक निकाल्न प्रयत्न गरिरहेका छौ । त्यसका लागि धेरै योजनाहरू छन् हामीसँग । हामीले विद्यालयलाई बलियो बनाउन अभिभावकलाई पनि जिम्मेवार बनाएका छौ । कुनै एउटा विद्यार्थी ३ दिनसम्म जानकारी विना विद्यालय आएन भने नाम काट्ने र अभिभावकलाई जानकारी दिएर मात्र नाम दर्ता गर्ने गरेका छौ यसले विद्यार्थी विद्यालय छोड्ने र बीचमा कक्षा छाड्ने समस्या समाधान भएको छ ।

शर्मा भन्छन् अहिले हाम्रो विद्यलयमा विद्यार्थीको चाप बढी छ हामीले वार्षिक रूपमा सबै कक्षामा गरी जम्मा २ सय विद्यार्थी संख्या बढाउने गरेर काम गरेका छौ तर विद्यार्थी चाप बढी छ । प्रअ शर्मा भन्छन्, यति राम्रो नजिता भएपनि हामीले विद्यार्थीका लागि बसको व्यवस्था गरेका छैनन् । किनभने विद्यार्थीका लागि बस अनिवार्य हो जस्तो लाग्दैन । विभिन्न स्थानमा विद्यालयहरू छन् उनीहरू जहाँ पायक पर्छ त्यहि पढ्छन् लामो दुरीका विद्यार्थी ओसारेर विद्यालयलाई डम्पिङ्ग बनाउनु हुदैनन भन्ने मान्यताले हामीले बस सञ्चालनमा नल्याएका हौ । टाढाका विद्यार्थी ल्याउने र संख्या बढाउने प्रतिस्पर्धा नै चलेको छ । यसले विद्यार्थी संख्या बढे पनि रिर्जल्ट राम्रो आउदैन ।

हामीले हाम्रो विद्यालयमा नजिकैका विद्यार्थीहरूलाई प्राथमिकतामा राखेका छौं । त्यसैले पनि यहाँका अभिभावक, राजनैतिकदलका प्रतिनिधि, स्थानीय सबैको सकारात्मक सहयोग छ र हामी सफल भएका छौ । हामीले विद्यार्थीको निगरानी गर्छाैंं त्यसैले पनि हाम्रा विद्यार्थीहरू अनुशासित छन् । हामीले एसइइ परीक्षा अगाडि तीन महिना अनिवार्य छात्राबासको व्यवस्था गरेका छौ ।

हाम्रो विद्यालयमा संख्यात्मक भन्दा पनि गुणात्मकलाई फोकस छ । यहाँका हरेक कम्प्यूटर पढ्ने विद्यार्थीका लागि एउटा एउटा व्यवस्था थगरेका छौ । मासिक परिक्षा लिन्छौ कमजोर विद्यार्थीलाई निगरानी बढी राखेर अभ्यापन गराउँछौ । तहगत ईन्चार्जहरूकले कक्षाको जिम्मेवारी लिनुहुन्छ । सबैले अनुशासनमा बसेर काम गरेका छौ तयसैले सफल पनि भएका छौ । नजिताको कुरा गर्ने हो भने ७६ सालमा गाउँपालिकाले कक्षा ८ परिक्षा लिदा हाम्रो विद्यार्थीले ४ जिपिए सहित गाउँपालिका प्रथम भएको थियो ।

हामीले अंग्रेजी र नेपाली दुबै माध्यममा पढाइ हुन्छ । त्यहाँ पढ्न हरैया माध्यमिक विद्यालयमा रहेका १६ सय विद्यार्थी मध्ये ४० प्रतिशत मधेशी समुदायका विद्यार्थी छन् । यो विद्यालय २ विगाह १२ कट्टामा रहेको छ साथे यहि क्षेत्रफल भित्र हरैया बहुमुखी क्याम्पस समेत सञ्चालनमा रहेको छ । यो विद्यालयमा नियमित अध्यन्न बाहेक आइटी ल्याव, ल्याव, विज्ञान , कम्पियूटर लगायतका विषयमा अध्यापन हुदै आईरहेको छ ।
३५ वर्ष देखि शिक्षण गरिरहेका प्रअ शर्माले २०७२ सालबाट प्रअको जिम्मेवारीमा रहेर विद्यालयलाई नमुना बनाउनमा लागि रहेका छन् । उनले यसका लागि सबैको साथ जरुरी रहेको बताउछन् । कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा अहिले १६ सय विद्यार्थी अध्ययन गर्दछन् । ४२ जना शिक्षकहरूले अध्यापन गराउँदै आएका छन् । यो विद्यालय रूपन्देहीको कञ्चन गाउँपालिकामा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?