Butwal Today

युवा दिवसमा मञ्चको रक्तदान

३० श्रावण २०८०, मंगलवार
अ+
अ-

बुटवल, ३० साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बुटवलमा रक्तदान गरेको छ । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम गरेको हो ।

‘रक्तदान जीवन दान’ मुल नाराका साथ नेपाल रेडक्रस सोसाईटी, रक्त संचार केन्द्र बुटवलका प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४२ जना युवाहरु सहभागी भएको कार्यक्रमका संयोजक सुमित श्रेष्ठले बताए ।

देशभर डेगुको संक्रमणसंगै देशभर रगतको माग बढेको. बेला थोरै भएपनि सहयोग हुने गरि कार्यक्रम गरिएको उपाध्यक्ष रिशव वझाले बताए । मञ्चका अध्यक्ष सन्देश श्रेष्ठले युवा उद्यमीहरुलाई संगठित गर्दै अनुभव साटासाट र क्षमता विकासमा मंच लागेको बताए । काठमाण्डौसहित देशका मुख्य शहरहरुमा यसको शाखा स्थापना भएका छन ।