ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
विचार

नुन बोक्ने साल्ट सडक पुनर्निर्माणले बढाउँदै उत्साह

३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

बटौली (बुटवल) धेरै पहिलेदेखिको पश्चिम नेपालको प्रमुख बाणिज्य केन्द्र हो भन्ने तथ्य निर्बिवाद छ । यो कहिलेदेखि अस्तित्वमा थियो भन्ने इतिहास स्पष्टसँग भन्न सकिदैंन, तथापी साविक लुम्बिनी, धौलागिरी र राप्ती अञ्चल एवं सुदूरपश्चिमाञ्चल क्षेत्रका मानिसहरूको सामान क्रय विक्रयको लागि पहिलेदेखिकै केन्द्र हो । अहिलेपनि उक्त क्षेत्रको प्रमुख बाणिज्य केन्द्र बुटवल नै हो । मुलुकमा संघीय राज्य प्रणाली लागू भएपछि सुरुवातमा लुम्बिनी प्रदेश क्षेत्रका १२ जिल्लाको अस्थायी राजधानी बुटवललाई तोकिएको थियो । पछि यसलाई दाङ्ग सारियो । वास्तवमा प्रमुख बाणिज्य केन्द्र भएको र भौतिक पूर्वाधार पनि पर्याप्त भएको आदी अनुकूलताले बुटवल राजधानी तोकिनु उपयुक्त नै थियो । पछि रोल्पा, रुकुम, दाङ्ग आदी जिल्लालाई पायक पर्ने स्थान दाङ्ग हुन्छ भनि दाङ्गको देउखुरीमा स्थायी राजधानी कायम ग¥यो लुम्बिनी प्रदेश संसदले । तथापी बुटवलको पुरानो महत्व जो हो, त्यो घटेको छैन । पश्चिम नेपालको प्रमुख उद्योग बाणिज्य नगरीको रूपमा बुटवल भैरहवा क्षेत्र तिव्र गतिमा विकास हुँदै गईरहेको छ । यस क्षेत्रमा पर्यटकीय पूर्वाधारहरू तिव्रगतिमा विकास भईरहेका छन् ।

भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण भएपछि यस क्षेत्रमा पर्यटकीय विकासका नयाँ नयाँ सम्भावनाहरूको खोजी र विकासका कामहरू अघि बढीरहेका छन् । त्यसैक्रममा पुरानो बटौली बजार (बुटवल) मा सामान क्रय विक्रयको लागि सवारी साधन र पक्की सडक नभएको युगमा मानिसहरू आवतजावत गर्ने गरेको बुटवलदेखि पाल्पा भैरवस्थान सम्मको मेटिईसकेको ऐतिहासिक गोरेटो–घोडेटो सडकलाई ढाक्रे सडकको रूपमा ब्युँताएर चौडा दुई लेनको कालोपत्रे (पक्की) सडकको रूपमा विकास गर्न पहल थालिएको छ । यसले गुल्मी र बाग्लुङ्ग एवं अर्घाखाँचीको पूर्वी खण्डलाई बुटवलसँग जोड्न सहज हुनेछ । यो मार्ग बुटवलदेखि पाल्पाको दोभान–मस्याम–भैसीकट्टा–ढाक्रेबास–रानीठाँटी हुँदै भैरवस्थान निस्केर तानसेन–तम्घास मार्गमा मिसिने गरी प्रस्ताव गरिएको छ । पहिले गाडी नचल्ने युगमा सामान क्रय विक्रयको लागि पाल्पा, गुल्मी, बाग्लुङ्ग आदी जिल्लाका मानिसहरूले डोकोमा सामान बोकेर हिँड्दा ढाक्रेहरूले प्रयोग गरेको मुख्य सडक हो यो । ढाक्रेहरू बास बस्ने भएकाले ढाक्रेबास भनिएको हो । यस आधारमा मैले यो सडकलाई ढाक्रे सडक भनेको छु । यसलाई नुन बोक्ने बाटो वा साल्ट रोड पनि भन्न सकिन्छ । यो वास्तवमा ढाक्रेहरूले प्रयोग गरेको ऐतिहासिक पैदल मार्ग हो । यसको स्तरोन्नती र विकासका लागि लुम्बिनी प्रदेश सरकार सहमत भएको छ ।

लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । आर्थिक वर्ष २०७९/८० मा डिपिआर तयार गर्दा यसको लागत अनुमान १ अर्ब रूपैयाँ अन्दाज गरिएको छ । ट्रयाक खोली सकिएको र सडकमा ग्राभेल समेत भईसकेकाले यसको लागत ४० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ । पहिले हिमाली र पहाडीया उत्पादन उन, राडी, पाखी, कम्बल, घिउ, जडीबुटी लिएर मानिसहरू नुन तेलसँग साटासाट वा खरिद विक्री गर्न बटौली बजार आउँथे । बुटवलको पुलचोक–गोलपार्क क्षेत्रमा र पारी बुटवल (बटौली) क्षेत्रमा घना बजार थियो । हिउँदमा क्रय विक्रयको लागि उपभोक्ता र व्यापारीहरूको यस क्षेत्रमा मेला लाग्थ्यो । त्यसबेला मानिसहरू बुटवलबाट पाल्पाको नुवाकोट निस्केर दोभान झर्थे । दोभानमा एतिहासिक झोलुङ्गे पुल थियो । दोभानबाट पाल्पाका विभिन्न स्थान हुँदै पाल्पाकै हार्थोक निस्केर गुल्मी, पाल्पा र स्याङ्गजाको सङ्गमस्थल रिडी बजार निस्कन्थे ।

बुटवलदेखि तिनाउ नदीको किनारै किनार दोभान निस्कने अर्को गोरेटो बाटो पनि प्रचलनमा थियो । बर्षायाममा यो गोरेटो जोखिमयुक्त हुनुपर्छ । यही ऐतिहासिक ढाक्रे सडकलाई ब्यूँताएर उक्त सडकले समेट्ने क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न खोजिएको हो । बुटवलदेखि दोभान–मस्याम–भैसीकट्टा–ढाक्रेबास–रानीठाँटी हुँदै भैरस्थान निस्केर तानसेन–तम्घास सडकमा मिसिने यो मार्ग विकास तथा स्तरोन्नती गरिएपछि बुटवलबाट पाल्पास्थित मुलुकको महत्वपूर्ण एउटा पर्यटकीय गन्तव्य भैरवस्थान पुग्ने सडकको दुरी करिब आधा घट्नेछ । अहिले बुटवलदेखि पाल्पाको दोभान हुँदै तानसेन निस्केर भैरवस्थान पुग्न ४८ किलोमिटर दुरी पार गर्नुपर्छ भने उक्त सडकको विकास तथा स्तरोन्नती भएपछि दुरी घटेर २७ किलोमटिर हुने अनुमान छ । यसले एकातर्फ सडकको दुरी घटाएर समय र इन्धनको बचत गराउनेछ भने अर्कोतर्फ पाल्पा, गुल्मी, बाग्लुङ्ग र अर्घाखाँचीको पूर्वी खण्डका मानिसहरूका कृषि उत्पादन बुटवल शहरमा ल्याई विक्री वितरण गर्न सहज हुनेछ । यसले भैरवस्थानको पर्यटकीय प्रबद्र्धनमा पनि ठूलो टेवा पु¥याउनेछ । भैरवस्थान दर्शन गर्न बुटवलबाट ठूलो सङ्ख्यामा मानिसहरू पुग्दछन् । छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा पर्यटकहरू भैरवस्थान दर्शन गर्न आउँछन् । दोभान पनि आफैमा एउटा सुन्दर पर्यटकीय क्षेत्र हो । रानी झरना, नुवाकोट, सुकेताल, सत्यवती, बसन्तपुर आदी दोभानका मुख्य पर्यटकीय गन्तव्य हुन् । यो सडकले दोभान क्षेत्रको पनि पर्यटकीय प्रबद्र्धन गर्दछ । सडकले जोड्ने पाल्पाका उक्त स्थानहरूमा पर्यटकीय विकास गराउन पनि मद्दत मिल्नेछ ।
यो सडकबाट पहिले ढाक्रे मात्र होइन राजा, महाराजा, साधु सन्त, पैदल मार्गी एवं घोडचढी सबै हिड्ने गर्दथे । उत्तर दक्षिण आवतजावतको मुख्य मार्ग यही थियो । पहिले पश्चिम नेपालको प्रमुख प्रशासनिक केन्द्र पाल्पा तानसेनको आवत जावतको यस क्षेत्रको प्रमुख सडक पनि यही थियो । पहिले सिद्धार्थ राजमार्गको विकास नहुँदै नेपालका प्रधानमन्त्री श्री ३ जुद्ध शम्सेर पाल्पाको अर्गलीस्थित दरबारमा पुग्न बुटवलदेखि दोभान निस्कने घोडेटो बाटो बनाएको इतिहास छ । त्यही घोडेटो बाटो क्षेत्र हुँदै पछि सिद्धार्थ राजमार्ग बनाइएको यस क्षेत्रका बुढापाकाहरू बताउँछन् ।

यो ढाक्रे सडक (नुन बोक्ने बाटो वा साल्ट रोड) को विकासको सम्भावना खोजी गर्न थालिएको झण्डै दुई दशक भयो । बुटवल उद्योग बाणिज्य संघको २०६३–२०६५ सालको कार्यकालका अध्यक्ष नवराज श्रेष्ठले प्रारम्भमा यसको खोजी र विकास सम्बन्धी अवधारणा अघि बढाउनु भएको थियो । गुल्मी जिल्लाका स्थायी बासिन्दा एक समय नेपाल सरकारका मुख्य सचिव रहेका लिलामणि पौडेलले पनि यो सडकलाई ब्युँताएर विकास र स्तरोन्नती गर्न चासो र पहल गर्नुभएको थियो । एक समय पाल्पा डिभिजन सडक कार्यालयले यो मार्गको विस्तृत नक्साङ्कन गरी यसको लागत अनुमान रु. ७२ करोड अन्दाज गरेको थियो ।

यसलाई ऐतिहासिक ढाक्रे सडक वा नुन बोक्ने सडक (साल्ट रोड) को रूपमा ब्यँुताएर पर्यटकीय विकास गर्ने प्रस्तावित योजना उपयुक्त र प्रशंसनीय छ । पाल्पास्थित ढाक्रेबास अहिले सुनसान छ । पहिले ढाक्रेहरू बुटवलबाट नुन तेल बोकेर ढाक्रेबासमा बास बस्न पुग्थे । अब यहाँ होमस्टेको विकास गर्न सकिन्छ । पाल्पाको भैरवस्थान र गुल्मी, पाल्पा र स्याङ्गजाको सङ्गमस्थल रुरु (रिडी) क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा थप प्रबद्र्धन गर्न पनि यो सडकले सघाउ पु¥याउँछ । अतः लुम्बिनी प्रदेश सरकारले यो सडक योजनालाई प्राथमिकतामा राखी अघि बढाउनु औचित्यपूर्ण देखिन्छ । यसमा अझै थप खोज अनुसन्धान गरी आवश्यक परे संशोधन गरेर भएपनि यो सडकलाई प्राथमिकता पूर्वक कार्यान्वयनमा लैजानुपर्छ । यो सडक पुनर्निर्माणले यस क्षेत्रमा उत्साह बढाउने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?