ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

धारापानी मन्दिरमा आज एक करोड बत्ती बालिंदै

३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

दाङ, ३० साउन ।

प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा यही साउन २ गते सुरु भएको पुरुषोत्तम माहात्म्य प्रवचन एवम् शृङ्गारिक गंगा आरती बोलबम महोत्सवमा मंगलबार एक करोड बत्ती बालिंदै छ ।

महोत्सवा शृङ्गारिक गंगा आरती हेर्ने भक्तजन तथा दर्शनार्थीहरुको बाक्लै घुइँचो लाग्ने गरेको छ । आज १ करोड बत्ति बाल्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । दाताहरुको दानबाट संकलन भएको बत्ती बाल्ने मन्दिर व्यवस्थापन समितिले जनाएको हो । आफ्ना पितृहरुको मोक्षको कामना गर्दै दाताहरुले दान गरेको एक करोड बत्ती संकलन भएको छ । मंगलबार बेलुका ५ वजे बत्ती बाल्ने तयारी गरेको समितिले जनाएको छ ।

मन्दिरको प्रचारप्रसार तथा धर्म र धार्मिक आस्थामा थप सुदृढ बनाउने उद्देश्यले पुरुषोत्तम महात्म्य एवम् शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन गरेको महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले जानकारी दिए । मलमासको समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा यसवर्ष पहिलो पटक सञ्चालन भएको हो । साउन २ गतेदेखि मन्दिरमा साँझ नियमित रूपमा शृङ्गारिक गंगा आरती, मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठलगायतका कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक अधिकारी बताए ।

उनले भने, “मलमासको समयमा मात्रै सञ्चालन हुने भएकाले धारापानी धाममा महामहोत्सवको आयोजना गरेका हौं ।” महामहोत्सवमा अन्तर्राष्ट्रिय स्वर्णपदक विभूषित पण्डित अमृतशरण देवाचार्यले पुरुषोत्तम माहात्म्य प्रवचन दिइरहेका छन् । प्रवचन सुन्न दाङ लगायत छिमेकी जिल्ला बाँके, प्युठान र भारतबाट पनि भक्तजन आएको उनले बताए । वाराणसी समूहले प्रत्येक दिन बेलुकी वैदिक शृङ्गारिक गङ्गा आरती गर्ने गरेको संयोजक अधिकारीले बताए । उनका अनुसार महामहोत्सव अवधिभर मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठ पारायण, सङ्गीतमय लीलामय पुरुषोत्तम माहात्म्य प्रवचन, पुरुषोत्तम एवम् बोलबम महाआरती र सङ्गीतमय लीलामय प्रवचन तथा भजन सञ्चालन भएको छ ।

भारतको प्रसिद्ध धार्मिकस्थल हरिद्वारबाट दुई जना र बनारसबाट एक जना गरेर तीन जना पण्डितले दैनिक आरती गर्ने गरेको धारापानी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए । उनका अनुसार आरतीमा धुप, घिउ, कपुर, मयुरपङ्ख, ल्वाङदानी, सेतोचमर, अलैँचीदाना र फूलपातीलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिन्छ । शङ्ख ध्वनीबाट शुभारम्भ हुने आरती समापनपछि भजन गाएर भक्तजनलाई नचाएर मनोरन्जन दिने गरिएको छ । भक्तजनको साथ र सहयोगले नै निरन्तरता दिन सकेको उनले बताए । धारापानीमा आउने पर्यटकका लागि आकर्षक थपिएको छ, सन्ध्या आरती । मनोरम दृश्यावलोकनबाट भ्रमणको शुभारम्भ गरेका पर्यटकहरु मठमन्दिर, विश्वको अग्लो त्रिशुल, एक सय आठ गौमुखी धारा, ओमकार पोखरी र अन्य मठ मन्दिर अवलोकनपश्चात साँझ भने सन्ध्याआरतीमा सहभागी हुने गरेका छन् । दाताहरुको सहयोगबाट चलेको मन्दिरलाई दाताकै साथ सहयोग चाहिने व्यवस्थापन समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?