Butwal Today

अरिङ्गालले टोकेर २१ वर्षिय युवाको मृत्यु

३० श्रावण २०८०, मंगलवार
अ+
अ-

गुल्मी,३० साउन । गुल्मीमा अरिङ्गालले टोकेर २१ वर्षीय युवाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका ४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट घाइते भएका उनी सोमबार राति उनी घरमै बसेका र मंगलबार बिहान आफन्तले गुल्मी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा आज बिहान सोही अस्पतालमा मृत्यु भएको डीएसपी पाण्डेले बताए ।